arrow

जनआन्दोलनको भावना विपरित सम्झौता नगर्न सिटौलाको आह्वान 

झापाली जनताले राजाबादीलाई नरोज्ने दावी 

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
Krishna-prasad-sitoula-sitaula.jpg.jpeg

झापा । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा झापा क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि काँग्रेसका उम्मेदबार कृष्णप्रसाद सिटौलाले जनआन्दोलनको दमनकारीसँग आफ्नो प्रतिष्पर्धा हुनै नसक्ने बताएका छन् ।

झापाका जनता जनआन्दोलन, शान्ति प्रक्रिया र गणतन्त्रको पक्षमा रहेकाले आन्दोलनका दमनकारी र राजावादीहरुलाई बहिस्कार गर्ने उनको दावी छ। 

नेपाली रेडियो नेटवर्क र रिपोटर्स क्लबले झापास्थीत सिटौला निवासमा गरेको कार्यक्रममा उनले साढे तीन अरब भन्दा बढीका ठुला आयोजनाहरु झापा क्षेत्र नं ३ मा आफुले मात्रै पारेको बताए । 

पहिलो संविधान सभाको निर्वाचनमा आफु र काँग्रेस कमजोर भएका बेला मुलुकले संविधान पाउन नसकेको र आफु निर्वाचित भएपछि संविधान मस्यौदा समितिको सभापति नै भएर संविधान जारी गर्न मुख्य भूमिका खेलेकोले अब पनि झापालीले आफुलाई त्यस्तै अवसर दिने विश्वास उनले व्यक्त गरे । 

उनले अहिलेसम्म प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता र शान्ति प्रक्रियालाई संरक्षण र संस्थागत गर्दै मुलुकलाई आर्थिक संबृद्धि तर्फ लैजान काँग्रेस नै आवश्यक भएको दावी गरे । 

आफु गणतन्त्र, लोकतन्त्र र शान्ति प्रक्रिया पक्षधरको उम्मेदबार भएकाले काँग्रेसका साथै एमाले र माओवादी केन्द्रका समर्थकहरुले पनि आफुलाई मतदान गर्ने नेता सिटौलाले विश्वास व्यक्त गरे। 

उनले झापाको विकासका लागि आफ्ना प्रतिश्पर्धीले भन्दा आफुले धेरै काम गर्न सक्ने भएकाले मतदाताहरुले आफुलाई रोज्ने दावी गरे । 

हरेक गाँउमा बाटो, ढल, खानेपानी, पुलहरु, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सयौं योजनाहरु आफुले पारेको र धमाधम कामहरु भईरहेको उनले बताए । 

उनले भने, “ राजा ज्ञानन्द्रको कार्यकाल चार बर्ष चल्यो, मेरा एक जना प्रतिश्पर्धी त्यतिबेला खुवै हर्ताकर्ता थिए, जति काम गरेको भएपनि हुथ्यो, तर त्यो अवधिमा १० लाख पनि ल्याउन नसक्ने, मनोनित जिविस सभापति पनि भए, तर सिन्को भाच्न सकेनन्, त्यसैले अब पनि उनले केही गर्न सक्दैनन् ।” 

त्यतिबेला राजाबादीहरुले जनतालाई दमन गर्ने, देशलाई दोहन गर्ने बाहेक केही नगरेको कुरा जनताले अहिले पनि संझीरहेको उनले बताए । 

“म संघर्ष र मेहेनतबाट उठेको मान्छे हुँ, शान्ति प्रक्रिया, जनआन्दोलन, गणतन्त्र स्थापना र विकास निर्माणका लागि जनताले मलाई छोड्दै छोड्दैनन्,” काँग्रेस नेता सिटौलाले थपे । 

जनआन्दोलन र शान्ति प्रक्रियाका सहयात्री दलका शिर्ष नेताहरुलाई स्मरण गर्दै उनले विगतका सहयात्रा र अठोटलाई झुलेर जनआन्दोलनको भावना विपरित अगाडी जान कुनै नेताले नपाउने बताए । 

परिवर्तन नचाहनेहरुसँग कुनैपनि स्वार्थ र कुनैपनि बाहनामा सम्झौता गर्न नहुने तर्फ ध्यानाकर्षण गराउदै उनले अनेक गठबन्धनको नाममा भईरहेका सम्झौता त्रुटिपुर्ण भएको तर्क गरे । 

काँग्रेस ठुलो पार्टी भएकै कारण मुलुकले संविधान पाएको र संबृद्धिको बाटो खुलेकाले काँग्रेस फेरी पनि सवै भन्दा ठुलो पार्टी हुने उनको दावी छ । 

काँग्रेसले पाएको मुख्य जिम्मेबारीहरु सधै जिम्मेबार र इमान्दारितापुर्वक पुरा गरेकाले अव ती उपलब्धीहरुलाई संस्थागत गर्दै संबृद्धिको यात्रा काँग्रेसले मात्रै पुरा गराउन सक्ने नेता सिटौलाको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ