arrow

बैतडीमा एमाले वडा अध्यक्ष नै कांग्रेसमा प्रवेश

कांग्रेसलाई भोट दिन राज्यमन्त्री चन्दको आग्रह

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार

बैतडी । वाणिज्य राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनबाट बैतडीमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नरबहादुर चन्दले संविधानको कार्यान्वयनका लागि प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन आवश्यक रहेको बताएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै राज्यमन्त्री चन्दले सरकार संविधान कार्यान्वयनका लागि ढृढतापूर्वक लागेको बताए ।

 नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन पनि कांग्रेसकै नेतृत्वमा हुनुपर्ने जिकिर गर्दै वाणिज्यराज्यमन्त्री चन्दले कांग्रेसलाई भोट दिन मतदाताहरुलाई आग्रह गरे। लोकतन्त्रको रक्षा र बहुलवादका लागि कांग्रेसलाई भोट दिन उनले आग्रह गरेका हुन् । चुनावी सभालाई सम्बोधन गर्दै राज्यमन्त्री चन्दले देशमा एकदलीय तानशाही व्यवस्था लाद्न बामगठबन्धन गरिएको आरोप लगाए ।

यस्तै लोकतान्त्रिक गठबन्धनले सोमबारै सुर्नया गाउँपालिका वडा नं ६ मा चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा क क्षेत्रका उम्मेदवार हरिमोहन भण्डारीले शंकरपुरमा सडकको कामलाई पूर्णता दिने प्रतिबद्धता जनाएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए । निर्वाचनको मिति नजिक आएसंगै बैतडीमा दलहरुले चुनावी अभियान सञ्चालन गर्दैगर्दा एकपार्टीबाट अर्को पार्टीमा आउने र जानेको लर्को लाग्न थालेको छ ।

दलहरुले आयोजना गरेका चुनावीसभामा एक पार्टी परित्याग गरि अर्को पार्टीमा जानेको संख्या त्यतिकै देखिएको छ । यसले चुनावी प्रचारप्रसारलाई झन् तताएको छ । लोकतान्त्रिक गठबन्धनले बैतडीका दोगाडाकेदारमा विभिन्न ठाउँमा आयोजना गरेका चुनावी सभामा एमाले र माओवादी केन्द्रपरित्याग गरि १६५ जनाले  नेपाली कांग्रेसका प्रवेश गरेका नेपाल तरुणदल बैतडीका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए ।

नेकपा एमालेका पूर्व जिल्ला कमिटि उपसचिव मोहन बराल, एमालेका दोगाडकेदार वडा नं ७ का वडा अध्यक्ष चन्नरसिंह कार्की सहितले कांग्रेसमा प्रवेश गरेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ