arrow

नीर शाह भन्छन् –‘कम्युनिष्ट बोक्नु राजा महेन्द्रको ठूलो अपराध हो’

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
Nir_Shah.jpg

काठमाडौं । नेपाली चलचित्र जगतको वरिष्ठ कलाकार नीर शाह यतिबेला काठमाडौं क्षेत्र नं. ५ का काँग्रेस उम्मेदवार डा. प्रकाशशरण महतको चुनावी प्रचारमा व्यस्त छन् । उनी आफैँ पनि उक्त क्षेत्रबाट समानुपातिकमा सिफारिस भएर पनि सुची भित्र पर्न सकेनन् ।  

तरपनि, शाहले काँग्रेस उम्मेदवारहरुको पक्षमा भोट मागिरहेका छन् । घरदैलोदेखि भेला र बैठकहरुमा शाह आर्कषणका केन्द्र बनेका छन् । मुलुक कम्युनिष्ट अधिनायकवाद तर्फ उन्मुख भएकाले काँग्रेसको जित अत्यावश्यक भएको ठहर उनको छ । भन्छन् – ‘लोकतन्त्र बचाउनका लागि काँग्रेसको जीत आवश्यक छ ।’ तत्कालीन दरबारका नातेदार शाहले एक कार्यक्रममा राजा महेन्द्रलाई अपराधीको संज्ञा दिए । 

२०१७ सालमा महेन्द्रले काँग्रेसलाई अपध्वस्त गरेर कम्युनिष्टहरु च्यापेकाले अहिले तिनै कम्युनिष्टहरु अधिनायकवादी व्यवस्थाको पक्षमा लागेको उनको आरोप छ । यो राजा महेन्द्रबाट भएको अपराध हो भन्ने उनको निष्कर्ष छ । क्षेत्र नं. ५ का स्थायी बासिन्दा शाहको सक्रियताले कांग्रेस कार्यकर्तामा थप उत्साह थपिएको छ । दुई पटक लगातार जित हासिल गरेको कांग्रेस तेस्रो पटक आफ्नो जितको सम्भावना बढेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ