arrow

काँग्रेसले बहुमत ल्याए मधेशको माग सम्बोधन हुन्छ : चौरसीया

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
news_chaurasiya.jpg

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सदस्य निर्वाचनका उम्मेदवार एवम् पूर्वमन्त्री अजयकुमार चौरसीयाले मंगलबार पनि वीरगंज महानगरपालिकामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन । प्रनिनिधि सभाका उम्मेदवार चौरसीया र क्षेत्र नम्बर २ को खबाट प्रदेश सभा उम्मेदवार रामरुप कुर्मी सहितको टोलीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन । 

वीरगंजको घण्टाघरबाट कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार चौरसीयाको नेतृत्वमा निकालिएको घरदैलो कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार चौरसीयाले नेपाली काँग्रेसले उम्मेदवारहरुलाई आफ्नो अमुल्य मत दिएर विजयी गराउन आग्रह गरे। मधेशको मुद्दा काँग्रेसले मात्र सम्बोधन गर्न सक्ने भएकाले पनि कांग्रेसलाई जिताउन उम्मेदवार चौरसीयाले मतदाताहरुसंग आग्रह गरे । 

काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार चौरसीयाले नेपाली काँग्रेसकै नेतृत्वमा नयाँ संविधान बनेको बताउँदै नेपाली काँग्रेसले बहुमत ल्याए मधेशको माँग समेत संविधान संसोधन मार्फत सम्बोधन गर्ने घरदैलो कार्यक्रममा मतदाताहरुलाई बताएका थिए । 

घर दैलो कार्यक्रममा ९ नम्बर वडाका बुथ सभापती जवाहरलाल रौनियार, महाधिवेशन प्रतिनिधि मनोज साह, बहुदरामाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साह, महाधिवेशन प्रतिनिधि अशोक कुमार गुप्ता लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ