- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रोल्पा । दश वर्षे सशस्त्र विद्रोहका बेला रोल्पामा जुन खालको धङधङी थियो त्यो अझै घटेको छैन । रोल्पाली जनताले अझै लोकतन्त्रको प्रत्याभूति गर्न पाएका छैनन्, –सिंचाइ राज्य मन्त्री अमरसिंह पुनले भने ।
उनका अनुसार “आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रचार प्रसारका लागि रोल्पाका दुरदराजमा वाम गठबन्धद्वारा आयोजना गरिएका विभिन्न चुनावी सभा समारोहमा स्थानीयबासीहरु जानै पर्ने भन्दै माओवादी केन्द्रले ह्वीप जारी गरेको छ । कार्यक्रममा नजानेलाई ५ सयदेखि १ हजार सम्म जरिवना हुन्छ”–स्थानीय बासीलाई उदृत गर्दै पुनले सुनाए ।
स्थानीय तहको रोल्पाली जनतालाई हसियाँ हतौडामा भोट नहाल्ने जनतालाई सीसी क्यामेराले फोटो खिचेको हुन्छ भन्दै डर, धम्कीले भोट हाल्न लगाइयो, उनले भने, ‘कतिलाई आर्थिक प्रलोभनमा पारियो भने, रोल्पाका विभिन्न मतदान केन्द्रमा बुथ क्याप्चर समेतगरी एकलौटी गर्ने काम भयो ।’ प्रतिनिधिसभा तथा प्रदेश सभामापनि त्यही व्यवहार दोहोरिन थालेको उहाँको आरोप छ ।
‘अब त्यो सपना नदेखे हुन्छ”–माओवादी केन्द्र तर्फ इंगित गर्दै पुनले भने । जनताले जुन राजनीतिक दललाई चाहन्छन् त्यसैलाई रोज्न पाउनु पर्छ यसमा कसैले हस्तक्षेप गर्नुहुन्न ।
पुनका अनुसार रोल्पामा सशस्त्र विद्रोहका समयमा तत्कालिन नेकपा माओवादीलाई बन्दूकको दम्भ थियो तर, अहिले बन्दूक रोकिएको छ तर द्वन्द्वको धङधङी अझै हटेको छैन ।
सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा लगाएपनि जनताले त्यसको प्रत्यक्ष अनूभुति गर्न पाएका छैनन्, उनले भनेका छन् ।