arrow

पार्टी विरुद्ध उम्मेदवार दिएका कांगेस नेता अर्याललाई कार्वाहीको सिफारिस

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार

कपिलवस्तु । आसन्न प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा नेपाली कांग्रेसका पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध स्वतन्त्र  उम्मेदवार दिएका राजु प्रसाद अर्याललाई कारवाहिको लागी सिफारिस गरिएको छ ।  प्रतिनिधी सभा २ को प्रदेशसभा २ वाट प्रदेशसभाका आधिकारीक उम्मेदवार सुधाकर पाण्डेय विरुद्ध स्वतन्त्र उम्मेदवार दिएका राजु प्रसाद अर्याललाई कार्वाही गर्नको लागी नेपाली कांग्रेस क्षेत्रिय समितिले कार्वाहिको लागी जिल्ला तथा निर्वाचन परिचालन समितिलाई सिफारिस गरेको छ ।

नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति गिरिजेश कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकले अर्यालका प्रस्तावक सन्तोष  हमाल र सर्मथक   दिनेश हमाललाई समेत कार्वाही गर्न सिफारिस गरेको छ । लोकतान्त्रिक पार्टीमा टिकट नपाउदा सम्म प्रयास गर्न राम्रो हो तर पार्टीलाई असर गरी उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको हुंदा तत्काल कार्वाही गर्न निर्णय गरेको क्षेत्रीय सभापति पाण्डेयले जनाए । साथै अर्यालकोसँगै कुनै कार्यकर्ता प्रचार पसारमा लागेको प्रमाण भेटाएमा समेत त्यस्ता कार्यकर्तालाई पार्टीवाट तत्काल निष्कासन गरिने समेत पाण्डेयले बताए ।
 
सो सम्वन्धमा निर्वाचन परिचालन समितिका केन्द्रिय सदस्य एवं जिल्ला संयोजक अतहर कमालले क्षेत्रिय समितिले पढाएको निर्णयको बारेमा भोली जिल्ला सभापति र आफु बसेर कार्वाहिको आवश्यक निर्णय गर्ने बताए । साथै जिल्लामा निर्वाचन परिचालन समितिलाई पुर्णता दिई विषयगत समिति वनाई जिल्ला भर निर्वाचन परिचालन गरि कांगेंसको पक्षमा जनलहर ल्याई कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन लाग्ने समेत कमालले बताए ।

उता क्षेत्रिय सभापति गिरिेजेश पाण्डेय यशोधरा गाउंपालिकाको अध्यक्ष भएको र अन्य काममा व्यवस्थ भएको कारण क्षेत्रिय सदस्य जगदिश पाण्डेयलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको सचिव देबेन्द्र कुमनर पाण्डेयले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ