arrow

घनश्याम आत्तिएपछि कम्युनिष्ट गठबन्धन भित्रै चर्चा

डिगबहादुरले गरेको विकासको स्थानीयले गरे प्रशंसा

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
dik_vs_gs.JPG

उर्लाबारी । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङ क्षेत्र नं. १ मा चुनावी चहलपहल बढेको छ । नेपाली कांग्रेसबाट डिगबहादुर लिम्बू र कम्युनिष्ट गठबन्धनबाट एमालेका घनश्याम खतिवडा चुनावी मैदानमा छन् । अघिल्लो निर्वाचनमा पराजित घनश्याम यसपटक माओवादी केन्द्रको सहयोगमा मैदानमा छन् । तर, खतिवडा क्षेत्र नम्बर १ का गाउँ घुम्न थालेपछि  निरास र हतास देखिन थालेको कम्युनिष्ट गठबन्धन भित्रै चर्चा चलेको छ ।

पूर्व सांसद् लिम्बूकै पहलमा मधुमल्ला–टाँडी जोड्ने बक्राहा खोलामा पुल, चिसाङ, मोरङे पुल निर्माण भइरहेको जब देखे, तब खतिवडाको होसहवास उड्न थालेको हो । यस्तै, २२ वर्षसम्म कम्युनिष्ट निर्वाचित हुँदा पनि नभएका विकास निर्माणका काम डिगबहादुरले गरेको भन्दै स्थानीयले प्रशंसा गर्न थालेपछि घनश्याम अतालिएका हुन् ।

बर्सेनि बाढीले दुःख दिँदै आएको बक्राहा–नुनसरी खोलामा दीर्घकालिन रूपमा तटबन्ध निर्माणमा साढे तीन अर्ब छुट्याउन उनी सफल भए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सिचाई मन्त्री हुँदा उक्त रकम विनियोजन भएको हो । साथै, उर्लाबारी–टाँडी जोड्ने मिक्लु खोलामा पुल निर्माणका लागि उनले साढे ११ करोडको डिपिआर तयार गराउन सफल भए । सडक पूर्वाधारसँगै नदी तटबन्ध, विद्युत विस्तार, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत जनताका प्रत्यक्ष सरोकारका विषयमा डिगबहादुरले महत्वपूर्ण काम गरेको देखेपछि घनश्याम अत्तालिएका छन् ।

 त्यस्तै वैकल्पिक राजमार्गको रूपमा थालनी भएको चुरे फेदी सडक विस्तार तथा पूर्वाधार निर्माणमा डिगबहादुरको सक्रियता घनश्यामले नदेख्ने कुरै भएन । धरान– याङशिला– केराबारी– लेटाङ– जाँते– टाँडी– मधुमल्ला– दमक हुँदै बाहुनडाँगी जोड्ने सडक निर्माण भएमा उत्तरी मोरङमा समृद्धितर्फ लम्किने छ ।

गत स्थानीय तहको निर्वाचन परिणामअनुसार सो क्षेत्रमा नेपाली कांग्रेस केही हजार मतले पछि देखिन्छ । तर, तीन दशकदेखि उत्तरी मोरङको सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय डिगबहादुरजस्तो लोकप्रिय नेता चुनाव प्रचारमा उत्रना साथ स्थानीय लोकप्रिय मत बढ्ने सहजै अनुमान स्थानीयले लगाएका छन् ।

उत्तरी मोरङमा बाढी आओस्, या कसैलाई समस्या परोस्, जनताको घरदैलमा पुग्ने पहिलो व्यक्ति डिगबहादुर नै हुन्छन् । आफू उत्तरी मोरङका जनताको असल भरिया भएको बताउने डिगबहादुरले २०७० सालमा जनताले निर्वाचित गरेर पठईसकेपछि चार बर्षको अवधिमा जनताको शिर झुक्ने कुनै काम नगरेको बताए । उनले जनताको समस्यासँग हातेमालो गर्दै अगाडि बढिरहेकोसमेत बताए ।

नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिसमेत रहेका लिम्बू आगामी पाँच वर्षको अवधिमा कुनै पनि बेला मन्त्री बन्ने सम्भावना बोकेका नेता भएकाले उत्तरी मोरङका बुद्धिजीवीहरू निकै आशावादी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ