arrow

निर्वाचनमा लोकतान्त्रीक गठबनधनको बहुमत आउछ : उमाकान्त चौधरी

logo
सिकेन्द्र पासवान,
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
Umakanta-Chaudhari.jpg

बारा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य उमाकान्त चौधरीले कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रीक गठबन्धनको बहुमत आउने निश्चित रहेको ठोकुवा गरेका छन् ।बारा निर्वाचन क्षेत्र न १ को आदृश कोतवालको टेढाकटी, बारागढीको सिहासनीमा भएको छुटाछुटै घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दे   क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले सो कुरा बताएका हुन् ।

उनले  नेपाली जनताले कम्युनिष्टहरुलाई हेरीसकेको र उनीहरुको शासनकालमा  पिडा भोगिसकेको भन्दै उनले अव पनि नेपाली जनता भ्रममा नपर्ने बताए । लोकतन्त्र पक्षधरको शासन व्यवस्था कम्युष्टिको शासन व्यवस्थाको स्वाद नेपाली जनताले चाखी सकेको भन्दै फेरि पनि झुठको खेती गर्ने कम्युनिष्ट गठबन्धनलाई जनताले पाखा लगाएर नै छोडने चौधरीले ठोकुवा गरे ।

मुलुकका मात्र होईन् संसारको धेरै देशहरुमा पनि  कम्युनिष्ट गठबन्धन फेल भएको उदाहरण दिदै माओवादी केन्द्र र एमाले पार्टीको एकता महिना दिन नबित्दै भत्किने दावी गरे । तानशाह बिरोध कांग्रेसले जस्तो सुकै मुल्य चुकाउने तयार रहेको दावी समेत नेता चौधरीले गरे ।

  सोहि घरदैलो तथा चुनावीसभालाई निर्वाचन क्षेत्र न १ को प्रदेशसभा २ का सदस्य भागवतप्रसाद साहलेकांग्रेस  पार्टीलाई जिताउन कुनै पनि कसर बाकी नराख्न जिल्ला स्तरिय नेता कार्यकर्ताहरुलाई आग्रह गरे । कांग्रेस जितेमात्र देश बलियो रहन्छ हामी तपाईको भविश्य रहन्छ प्रदेशसभा सदस्य साहले भने ।

 निर्वाचन क्षेत्र न १  नेपाली कांग्रेसका क्षेत्रिय संयोजक देवदत वछाड, समानुपातिक उम्मेदवार रामबाबु चौधरी, लगायत स्थानिय तहका नेताहरुले पनि समबोधन गर्दे नेपाली काग्रैसलाई जिताउन प्रतिवद्धता ब्यक्त गरेका थिए ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ