arrow

कमल थापाले भने– वीपीको राष्ट्रिय मेलमिलाप नीतिमा आउनुस्

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
kamal-thapa-1.jpg.jpeg

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति अहिले मुलुकका लागि अपरिहार्य रहेकाले सबै राजनीतिक दलहरुले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वाधिनता र प्रजातन्त्रको सुदृढीकरणका लागि एकजुट हुन आग्रह गरेका छन् ।

लोकतान्त्रिक गठबन्धनले हेटौँडा उपमहानगरपालिका–१५ मा आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले आम जनताले प्रजातन्त्रबाहेक साम्यवादी व्यवस्थालाई आत्मसात् नगर्ने भएकाले लोकतान्त्रिक गठबन्धनलाई जनताले सहयोग गर्नुपर्ने बताए ।

सभालाई लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नेताद्वय अशोक शाक्य र रामचन्द्र अर्यालले मौलिक हकको सम्बद्र्धन, विकासको पूर्वाधारलाई सन्तुलित रुपमा बाँडफाँड गर्ने र मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्न अहिले लोकतान्त्रिक गठबन्धननै बलियो हुनुपर्ने धारणा व्यक्त राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ