arrow

मकवानपुरमा छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु 

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
khukuri.jpg

हेटौंडा । मकवानपुरमा म‌ंगलबार भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । एक युवाले मंगलबार साँझ ६ बजे अन्धाधुन्द खुकुरी प्रहार गर्दा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ विजौनामा ३ जनाको मृत्यु भएको छ । स्थानीय ३२ वर्षीया सुमन बराईलीले खुकुरी प्रहार गर्दा उनका छिमेकी मनहरी ७ विजौनाका ५२ वर्षीय सिताराम धिताल, उनका १६ वर्षका छोरा सुदन धिताल र ६५ वर्षका अर्का छिमेकी जित बहादुर भ्लोनको मृत्यु भएको हो । 

खुकुरी प्रहारबाट घाईते भएका सिताराम धितालको मनहरी हेल्थपोष्ट उपचारकोक्रममा मृत्यु भएको हो । घटनामा घाईते अन्य दुईजनाको थप उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिए । यस्तै, मंगलबार साँझ त्रिभुवन राजपथको सामरी सडकखण्डमा ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्युभएको छ । दुर्घटनामा पैदलयात्री हेटौंडा उपमहानगरपलिका १४ बस्ने १५बर्षीय आकास लोप्चनको मृत्यु भएको हो । उनलाई ना ६ ख १०५१ नम्बरको ट्याक्टरलाई सामरी पुलमा ठक्कर दिँँएको प्रहरीले जनाएको छ । 

यसैगरी मंगलबार नै दिउँसो हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटमा  ट्रिपर र मोटरसाईकल एकआपसमा ठोक्किदा  २ जनाको ज्यान गएको छ । हेटौडाबाट मनहरी तर्फ जाँदै गरेको ना ७ ख ४८०९ नंम्बरको ट्रिफरले विपरित दिसाबाट आईरहेको ना ३३ प ८६४७ नंम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार  गैँडाकोट नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २४ को अनिल जिसी र मोटरसाईकलमा पछाडि बसेकी सोही नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २३ की पुनम बिकको  ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

चालक जिसीको घटनास्थलमै र पछाडि बसेकी २३ बर्षिय पुनम बिकको  चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक दिलीप झाले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ