arrow

काँग्रेसका वागी उम्मेदवार अर्याल कारवाहीमा

वागीको प्रचारमा जानेलाई पनि कारबाही गरिने

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
congress-flag.jpg

कपिलवस्तु । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँगे्रसका पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका राजु प्रसाद अर्याललाई कारवाहीको लागि सिफारिस गरिएको छ । प्रतिनिधि सभा २ को प्रदेशसभा २ बाट प्रदेशसभाका आधिकारिक उम्मेदवार सुधाकर पाण्डेय विरुद्ध स्वतन्त्र उम्मेदवार दिएका राजु प्रसाद अर्याललाई कारवाही गर्नको लागि नेपाली काँग्रेस क्षेत्रीय समितिले कारबाहिको लागि जिल्ला तथा निर्वाचन परिचालन समिलिाई सिफारिस गरेको छ । 

नेपाली काँगेस क्षेत्र नं ३ का सभापति गिरिजेश कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकले अर्यालका प्रस्तावक सन्तोष हमाल र सर्मथक दिनेश हमाललाई समेत कारबाही गर्न सिफारिस गरेको छ । लोकतान्त्रिक पार्टीमा टिकट नपाउँदासम्म प्रयास गर्न राम्रो हो तर पार्टीलाई असर गरी उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको हुँदा तत्काल कारवाही गर्ने निर्णय गरेको क्षेत्रीय सभापति पाण्डेयले जनाए । साथै अर्यालसँग कुनै कार्यकर्ता प्रचार पसारमा लागेको प्रमाण भेटिएमा समेत त्यस्ता कार्यकर्तालाई पार्टीवाट तत्काल निष्कासन गरिने समेत पाण्डेयले बताए।

सो सम्वन्धमा निर्वाचन परिचालन समितिका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक अतहर कमालले क्षेत्रीय समितिले पढाएको निर्णयको बारेमा भोलि जिल्ला सभापति र आफू बसेर कारबाहीको आवश्यक निर्णय गर्ने बताए । साथै जिल्लामा निर्वाचन परिचालन समितिलाई पूर्णता दिई विषयगत समिति बनाई जिल्लाभर निर्वाचन परिचालन गरी काँग्रेसको पक्षमा जनलहर ल्याई काँगे्रसका उम्मेदवारलाई विजयी बनाउन लाग्ने समेत कमालले बताए । 

उता क्षेत्रीय सभापति गिरिजेश पाण्डेय यशोधरा गाउँपालिकाको अध्यक्ष भएको र अन्य काममा व्यवस्थ भएको कारण क्षेत्रीय सदस्य जगदिश पाण्डेयलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको सचिव देबेन्द्र कुमार पाण्डेयले बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ