arrow

चन्द्र भण्डारी सांसद् बनेको ४ वर्षमा गुल्मीमा थप ३८ पक्की पुल

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
pakki_pul1.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन गुल्मी क्षेत्र नं १ बाट उम्मेदवार बनेका चन्द्र भण्डारीको पक्षमा अहिले गुल्मीमा व्यापक जनलहर चुलिएको छ । शालीन, इमान्दार र विकासप्रेमी नेताको रुपमा पहिचान बनाएका नेता चन्द्र भण्डारीको कार्यकालमा सडक, पुल पुलेसा, स्वास्थ्य शिक्षा र कृषि क्षेत्रको सुधारमा उल्लेखनीय कामहरु भए ।  

अरु राजनीतिक संक्रमणको बाहाना बनाएर पन्छिन खोजिरहेको बेलामा चन्द्रभण्डारीले यस्तो उदाहरणीय काम गरेर देखाईदिएका छन् कि विकासका लागि इमान्दारिता ठूलो कुरा हो । राजनीतिक संक्रमणले विकास रोकिँदैन भन्ने तथ्यलाई सावित गर्दै उनले आफ्नो पालामा गुल्मीमा धेरै विकासका कामहरु गरेका छन् । 

२०७० सालमा भण्डारी निर्वाचित हुनुभन्दा पहिले गुल्मी जिल्लामा ५ वटा पक्की पुलहरु थिए । तर, जिल्लाले धेरै पक्की पुलको अपेक्षा राखिरहेको थियो । सधैं जोखिमको यात्रा गर्नुपर्ने गुल्मीबासीहरुको समस्या देखेर नै भण्डारीले अहिले लगभग प्रत्येक नदीमा पक्की पुल बनाएका छन् । अर्थात् उनको पहलमा अहिले धेरै ठाउँमा गुल्मीबासीले पक्की पुल पाएका छन् । 

अहिले गुल्मीमा ३९ वटा पक्की पुलहरु निर्माणाधीन अवस्थामा रहेका छन् । धेरै पुलहरु केही समयभित्र नै पूरा हुँदैछन् भने एकाध पुलहरु एक दुई वर्षभित्र पूरा हुने अवस्थामा रहेको छ । ठेकेदारको ढिलासुस्तीका कारण समयमा नै निर्माण सम्पन्न हुन नसकेको यी क्षेत्रहरुमा अब फेरि एक पटक निर्वाचित हुनसके यथासक्य चाँडो यी संरचनाहरु पूरा गराउने प्रतिवद्धता भण्डारीको छ । 

उनी सांसद् हुँदामात्रै त्यो क्षेत्रको विकासमा लाग्ने नेता त होईनन् । तर, नेपालको जस्तो शक्तिकेन्द्रको भनसुनको आधारमा काम हुने प्रशासनमा सामान्य नागरिक बनेर जाँदा न त योजना पार्न नै सहज हुन्छ । न त ढिलाई गर्ने ठेकेदारलाई तह लगाउन नै । त्यसैले गुल्मीमा निर्माणाधीन सबै विकासका कामहरुलाई समयमा नै पूरा गर्नको लागि गुल्मीबासीहरु फेरि एक पटक भण्डारीलाई मौका दिनुपर्ने देखिन्छ । 

कूल ६४,८८७ घरधुरी रहेको गुल्मीमा ७३ प्रतिशत साक्षर नागरिकहरु रहेका छन् । अहिले ८९ प्रतिशत सुरक्षित खानेपानी र ६४।२प्रतिशत विद्युतको पहुँचमा रहेका छन् । कूल ११ सय ९ किमी सडक क्षेत्र रहेको सो क्षेत्रमा सबैप्रकारका स्वास्थ्य संस्था गरी कूल १ सय ७० प्रकारका स्वास्थ्य संस्था रहेका छन् । 

भण्डारीको कार्यकालमा निर्माण सुरु भएर निर्माण भईसकेका र निर्माणाधीन अवस्तामा रहेका पुलहरुको विवरण । 

१) पुर्तिघाट 
२) सेतिबेनी 
३) साघाट 
४) खैरेनी 
५) उल्लिखोला 
६) चोरकाटे 
७) सिस्ने 
८) भुवाचिदी 
९) इन्द्रेगौड़ा-पराल्मी  
१०) झेदी 
११) वामीटक्सार 
१२) अर्लांगकोट 
१३) अघाह (पाल्पा–दिगाम) 
१४)  सातमुरे 
१५) मनबाग 
१६)  कन्याआँपघाट 
१७) तालखोला 
१८) लुम्दिखोला 
१९) खैरेनी 
२०) छल्दी खोला- भाड गाउ 
२१) खर्ज्यांग  
२२ ) तिनमुखे पुल रिडी (तीन जिल्ला जोड्ने पुल) 
२३ ) बगाले खोला पुल, 
यी बाहेक २० भन्दा बढी अन्य पक्की तथा झोलुंगे पुलहरु (निर्माणाधीन)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ