arrow

‘आर्थिक अभावले मुटुको शल्यक्रिया सरेका जैसीलाई सहयोग गरौं’

logo
प्रकाशित २०७२ माघ ७ बिहिबार
jaisi-FNL.jpg.jpeg
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य धजराज गुरुङले मुटुको भल्ब फेर्नु पर्ने एक युवाका लागि सहयोग अभियान सुरु गरेका छन् । नेता गुरुङले आफ्नो तर्फबाट दश हजार रकम सहयोग गर्दै वुधबारबाट अभियानको सुरुवात गरेका हुन् ।
 
बागलुङ निसी गाविस–३ का २५ वर्षीय खिमलाल जैसीको मुटुको भल्ब फेर्नका लागि आर्थिक सहयोग जुटाउन आफुले सुरुवात गरिदिएको गुरुङले बताए ।
 
जैसीको ८ शुक्रबार हुने भनिएको शल्यक्रिया आर्थिक अभावका कारण ११ गतेलाई सरेको छ । शल्यक्रिया सरेको जानकारी बागलुङकै हेमराज सापकोटाबाट थाहा पाएको बताएका गुरुङ गंगालाल हस्पिटल पुगि सहयोग गरेका हुन् । खिमलाल जैसीकालाई सहयोग गरौं भन्दै गुरुङले सबैसंग अपिल गरेका छन् । खिमलाल जैसीलाई सहयोग गर्न चाहनेका लागि गुरुङले Nepal Bank Limited, Account Holder's Name- Khimlal Jaisi, A/C No. 121000094010. अकाउन्ट उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ