arrow

कम्युनिष्ट गठवन्धनको नौटंगी दाङलाई स्वीकार्य छैन : दिपक गिरी

logo
शरद रेग्मी,
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
dipak-giri.jpg

दाङ। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा दाङ क्षेत्र नंवर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपक गिरीले कम्युनिष्ट गठवन्धनको नौटंकिलाई दंगालि जनताले अस्वीकार गर्ने बताएका छन् । पहिले पन्चायती व्यवस्थामा समेत साठगांठ गर्ने कम्युनिष्टहरुको गठवन्धनलाई अप्राकृतिक गठवन्धन भन्दै उनले अव मुलुकमा लोकतन्त्र आइसकेको अवस्थामा अव कम्युनिष्ठ अधिनायकवादको गठवन्धनलाई दंगाली जनताले स्वीकार नगर्ने समेत दावी गरे ।

 रिपोटर्श क्लव दाङको साक्षात्कार कार्यक्रममा गिरीले, 'मुलुकमा गणतन्त्र बन्दुकले ल्याएको होइन, विचारको वलले ल्याएको हो, त्यसमा आदरणिय नेपाली कांग्रेसका नेता गिरीजा प्रसाद कोइरालाई मैले स्मरण गर्न चाहन्छु, अनि जनमत संग्रहकालागी आदरणिय विश्वेशोर प्रसाद कोइरालालाई स्मरण गर्न चाहन्छु’—भने ।

पुर्व सिंचाइमन्त्री समेत रहेका गिरिले मुलुकले करीव ७ दशक आन्दोलन गरेर जनताले लेखेको संविधान पाएको भन्दै अव यो लोकतान्त्रिक संघात्मक संविधानलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गरीनुपर्ने  बताए । मुलुक अव शान्ति प्रक्रियामा प्रवेश गरीसकेको अवस्थामा पनि फेरी कम्युनिष्ठ  गठवन्धनका नाममा फेरी क्रान्तिको अवस्था सृजनागर्न खोजिंदै छ, गिरीले भने, 'अव मुलुकलाई आन्दोलन होइन समृद्धि चाहिएको छ ।'
 
‘धमिलो पानीमा माछा मार्न खोज्ने अभ्यास अव सार्थक हुन सक्दैन, अव नेपाली जनतालाई झुटा आश्वासन बांडेर झुक्याउन सकिने अवस्था छैन’—कांग्रेस नेता गिरीले भने । त्यसैगरी उनले नेपाली कांग्रेस अव अर्को आन्दोलनको पक्षमा नरहेको भन्दै अव समृद्धिका पक्षमा अघि बढिरहेको समेत बताए । धेरै आन्दोलनहरु लोकतन्त्रको स्थापना र समृद्धिकालागी भैसकेको' भन्दै उनले अवको आन्दोलन आर्थिक समृद्धिकालागी हुने बताए । सानै उमेरदेखि राजनितिमा होमिएका गिरी कांग्रेसका खरा नेताका रुपमा परीचित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ