arrow

किरिया बसेकै अवस्थामा पक्राउ परे विप्लवका जिल्ला इञ्चार्ज 

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
biplab-maobadi.jpeg

बैतडी । बुबाको किरियामा बसेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । 

जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो । 

विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँड्ने काम गरेकाले जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । 

बुबाको निधनमा किरिया बसेका जोशीलाई ११औँ दिनमा प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएपछि परिवारले आपत्ति जनाएका छन् । 

कुनै नराम्रो गतिविधिमा संलग्न नरहेका जोशीलाई घरबाटै पक्राउ गरेको उनका भाइ अनिरुद्र जोशीले जानकारी दिए ।

तर प्रहरीले भने किरिया सकिसकेको र शंकास्पद व्यक्ति भएकाले पक्राउ गरेको जनाएको छ । 

प्रहरीले यसअघि पनि बैतडीमा विप्लव समूहका छजना नेता कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ