arrow

'क्यामेरा ट्र्यापिङ' विधिबाट पाटेबाघ अनुगमन गरिने

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
tiger_camera_Trap.jpg.jpeg
रत्ननगर (चितवन) । चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पाटेबाघको अनुगमनमा क्यामेरा ट्रापिङ विधिको प्रयोग गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । 
 
विश्वमै लोपोन्मुख पाटेबाघको आहारा प्रजाति, बासस्थान र अवस्था पत्ता लगाउन चितवन निकुञ्ज र आसपास क्षेत्रमा आधुनिक ‘क्यामेरा ट्रापिङ’ विधिको प्रयोग गरी बाघ अनुगमन थालिएको हो । 
 
यो प्रविधिमा कुनै पनि बाघ दोहोरिने सम्भावना नहुने र क्यामेराको अघिबाट बाघ हिँड्दा आफैँ फोटो खिच्ने भएकाले छुट्न पनि नछुट्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । जङ्गलमा बाघ हिँड्ने क्षेत्रमा निश्चित ठाउँमा क्यामेरा राखेर अनुगमन गर्ने प्रविधि ‘क्यामेरा ट्रापिङ’ हो । सो क्रममा बाघको पाइलाको समेत अनुगमन गरेर आगन्तुक हो वा रैथाने हो भनेर समेत पहिचान गर्ने संरक्षणकर्मी प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । 
 
यस्तै बाघको आहारा प्रजाति र बासस्थानका बारेमा समेत सो क्रममा अध्ययन हुनेछ । अघिल्लो वर्षभन्दा के फरक भयो भनेर मूल्याङ्कन हुने र त्यसैको आधारमा बाघ संरक्षणका रणनीति बन्ने चितवन निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक फडिन्द्रराज खरेलले जानकारी दिनुभयो । “आहारा प्रजाति प्रशस्त भएमा बाघलाई सन् २०२२ सम्म दोब्बर बनाउन सजिलै सकिन्छ,” खरेलले भन्नुभयो, “यो सबै आहारा प्रजातिमा भर पर्छ ।” विभिन्न क्षेत्रमा फरक फरक संस्थाले प्राविधिज्ञ परिचालन गरेर अनुगमन थालेको छ । 
 
मध्यवर्ती क्षेत्रका केही क्षेत्रमा गणना भइसकेको र केही दिनमै निकुञ्जभित्र र पश्चिमी क्षेत्रमा गणना थालिने निकुञ्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले निकुञ्जको मध्यवर्ती क्षेत्र र कोरिडोरमा अनुगमन थालेको कोषका प्रमुख डा चिरञ्जीवी पोखरेलले बताउनुभयो । 
 
यस्तै, निकुञ्जको पश्चिम क्षेत्रमा टाइगर ट्रस्ट नेपालले र निकुञ्जको मध्य क्षेत्रमा चितवन निकुञ्जले अनुगमन गर्ने छन् । यसका लागि करिब रु ३० लाख खर्च हुने अनुमान छ । विश्वमै चितवन निकुञ्ज बाघ संरक्षणमा उत्कृष्ट भएबापत ‘क्याट्स अवार्ड’समेत पाएकाले उक्त गरिमा बचाई राख्न निकुञ्जलाई चुनौती छ । सन् २०२२ सम्ममा नेपालमा बाघको सङ्ख्या दोब्बर पारी २५० पु¥याउने लक्ष्य छ । पछिल्लो समयमा बाघ तथा संरक्षित वन्यजन्तु सरकारी वन क्षेत्र र कोरिडोर क्षेत्रका मध्यवर्ती वनमा समेत पाइएका छन् । 
 
एक शताब्दीअघि विश्वमा एक लाख पाटेबाघ रहेकामा अहिले झरेर तीन हजार २०० मा झरेको तथ्याङ्क छ । सन् २०१३ मा गरिएको अनुगमनमा नेपालमा १९८ पाटेबाघ रहेको पाइएको थियो । त्यसमध्ये चितवन निकुञ्जमा मात्रै १२० बाघ रहेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ