arrow

तीन घेराको सुरक्षाबीच मतपत्र छपाइ सकियो, धमाधम प्याकिङ

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
matpatra1.jpg

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले आगामी चुनावका लागि आवश्यक मतपत्र छपाइ सकेको छ ।

जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध सञ्चालक महेशप्रसाद तिमलसिनाले ५ करोड २५ लाख मतपत्र छपाइ कार्य बुधबार सकिएको जानकारी दिए । 

उनले पहिलो चरणको निर्वाचनका लागि ३२ जिल्लाका मतपत्र निर्वाचन आयोगलाई बुझाइसकेको र दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लामा मतपत्र पुर्याउन प्याकिङको काम भइरहेको जानकारी दिए ।

उनका अनुसार मतपत्र छपाइमा संवेदनशीलता अपनाउँदै तीनघेरा सुरक्षा चक्रमा छपाइ कार्य सकेको हो । 

उनका अनुसार पहिलो घेरामा सेना, दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको रोहबरमा मतपत्र छपाइ कार्य पुरा भएको हो । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ