arrow

नेपालको ऐतिहासिक जित, बंगबन्धु गोल्डकपको उपाधि कब्जा, २३ वर्षे उपाधि खडेरीमा पूर्णविराम

logo
प्रकाशित २०७२ माघ ८ शुक्रबार
काडमाडौं । बंगलादेशको राष्ट्रिय रंगशालामा नेपालले इतिहासकै शानदार प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय फुटबलमा २३ वर्षे उपाधि खडेरी चिरेको छ । नेपालले बहराइनको २३ वर्ष मुनिको टोलीलाई ३–० ले हराउँदै बंगबन्धु गोल्डकपको उपाधि कब्जा गरेको छ । यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेलेको थियो । बंगबन्धुको सेमिफाइनलमा नेपालले बलियो प्रतिस्पर्धी माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । यसअघि समूह चरणमा तीन खेल खेलेको नेपालले पहिलोे मलेसिया र तेस्रो बङ्गलादेश विरुद्वको खेलमा गोल गोलरहित बराबरी खेलेको थियो । बहराइन सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो । दुबै टोली पहिलो पटक बंगबन्धु गोल्डकपको फाइनलमा पुगेका हुन् । 
 
  • नेपाल जित नजिक । पाँच मिनेट थप  18:38:47

  • नवयुगले गोल गरे । नेपालको तेस्रो गोल ।  18:38:05

  • विशाल राईको गोल । नेपाल २–० ले अघि । ८८औं मिनेटमा नेपालको अर्को सफलता ।  18:34:08

  • बहराइनका खेलाडीले आफु लडेपछि सुमन लामालाई तानेर लडाए । ८० मिनेटको खेल सकियो । दुवैलाई रेड कार्ड । नेपाल सुमन लामा र बहराइनका अहमद मैदानबाट बाहिरिए ।  18:27:32

  • हेमन गुरुङ बाहिरिए । सुमन लामा मैदान प्रवेश ।  18:22:19

  • नेपाली खेलाडीलाई लडाउने क्रम टुटेन ।  18:16:27

  • ६७ मिनेटको खेल सकियो । २४ मिनेट बाँकी । नेपाल १–० ले अघि ।  18:13:27

  • प्रधानमन्त्री हशीनाले विजेता, उपविजेतालाई पुरस्कार वितरण गर्ने छन् ।   18:12:20

  • बंगलादेशकी प्रधानमन्त्री शेख हशीना फुटबल हेर्न । बंगबन्धु मैदानमा ।  18:10:46

  • नोलको सशक्त प्रहार । गोल हुन सकेन ।  18:09:07

  • नेपाल र बहराइनको बल पोजिसन बराबर ५०–५०%    18:04:54

  • विकेश कुथुको उत्कृष्ठ बचाउ । बल रोक्न उफ्रिदा ढाड सट्कियो ।  18:03:40

  • नवयुग श्रेष्ठको सशक्त प्रहार विफल ।  18:00:03

  • दोस्रो हाफ सुरु भइसकेको छ ।  17:52:22

  • नेपाल विजेता बने ५० हजार डलर र र उपविजेता बने २५ हजार डलर पाउने छ । नेपालले अहिलेसम्म कुैनै पनि प्रतियोगितामा यति ठुलो राशिको पुरस्कार हात पारेको छैन । 17:40:53

  • बल पोजिसन : नेपाल ४४% बहराइन ५६%  17:39:29

  • पहिलो हाफ सकियो । नेपाल १–० ले अघि । बहराइनका खेलाडी लडाउने रणनीतिमा ।   17:38:01

  • विमललाई बहराइका खेलाडीले लडाए  ।  17:36:05

  • पहिलो हाफमा ३ मिनेट थप  17:33:57

  • बहराइनका अब्दुल अब्दुल्लाहले पहेंलो कार्ड पाए ।   17:31:46

  • ४१ मिनेटमा दुवै टोलीका खेलाडीको तनाव ।  17:29:01

  • ३७ मिनेटको खेल सकियो ।  17:24:19

  • कमल श्रेष्ठ मैदान प्रवेश  । रविन श्रेष्ठ बाहिरिए । नेपालको पहिलो परिवर्तन ।  17:21:36

  • कप्तान विराज महर्जनले पहेंलो कार्ड पाए ।   17:19:45

  • अदित्य चौधरीको उत्कृष्ठ बचाउ ।  17:16:26

  • नेपाल दबाबमा । बहराइन ५५ प्रतिशत बल पोजिसनमा । नेपाल ४५ प्रतिशत ।  17:14:41

  • नेपालको उत्कृष्ठ बचाउ । किपर विकेश कुथुले गोल बचाए ।  17:10:53

  • नेपालले पाएको फ्रि किक सदुपयोग भएन ।  17:08:24

  • १९ मिनेटको खेल सकियो । नेपाल आक्रामक ।  17:06:05

  • सन् २००३ मा नेपालले बहराइनको मनामामा भएको फ्रेन्ड्ली खेलमा बहराइनको यू–२३ टिमसँग खेल्दा ३–० को हार बेहोरेको थियो । 17:02:39

  • विराज महर्जनको क्रस निकाल्दा अन्जन विष्टले हेड गरे, विमलले चौथो मिनेटमा गोल गरे ।  17:01:14

  • विमलको गोल । 16:52:36

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ