arrow

'पद्मावती' विरोधको नयाँ श्रृंखला : जयपुरमा भेटियो शव

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
padhmawati1.png

एजेन्सी । चलचित्र 'पद्मावती' माथि चलिरहेको विवादबीच नाहरगढ फोर्टको पर्खालबाट एक युवकको शव भेटिएको छ । चेतन कुमार नाम गरेका मृतकको शव नजिकको ढुङ्गामा केहि लेखिएको भेटिएको छ ।  ढुङ्गामा  'मानिस पद्मावतीको विरोधमा पुत्ला जलाउछन् तर हामि पुत्ला जलाउदैनौ  झुन्डाउछौ । पुत्लाको ठाँउमा हामि आफैलाई समाप्त गर्दैछौ ।' लेखिएको छ ।  प्रहरीले  शवको अनुसन्धान प्रकृया सुरु गरेको छ । चलचित्रको सुटिङ सुरु भएसँगै विरोध चलेको हो । तर अब चलचित्रको विरोधले श्रृंखला लिएको छ ।

सो घटनाको करणीले भर्त्सना गरेका छन् । उनले घटनामा आफ्नो संलग्नता नरहेको पनि जनाएका छन् ।  युवकको शव भेटिएको  नाहरगढ  सन् १७३४ मा राजा सवाई जय सिंह द्वितीयले बनाएका हुन् ।

निर्देशक संजय लीला भंसालीले चलचित्रको १६० करोडको बिमा गरिसकेका छन् । सो बीमा अनुसार चलचित्र रिलीज भएपछि टिकट  बिक्रीको क्रममा कुनै प्रकारको विरोध प्रदर्शन, झगडा वा तोडफोड भए सो  नोक्सानीको भरपाई बीमा कम्पनीले गर्नेछ । चलचित्रको रिलीज नजिक विरोध अझ तिब्र हुने अनुमान गरिएको छ । सो अवस्थामा दर्शकले सिनेमाहलमा गएर चलचित्र हेर्न जोखिम उठाउने सम्भावना कम रहेको छ । सोको सीधा असर चलचित्रको कारोबारमा पर्नेछ ।

यो भन्दा पहिले पद्मावती' को सेटमा केहि गाडि तोडफोड गरि आगो लगाइएको थियो । उक्त घटना  कोल्हापुरको पन्हाला फोर्टको मसाई पठारमा भएको थियो ।
 
साथै राजस्थानको जयपुरमा चलचित्र 'पद्मावती' को सुटिङ क्रममा भंसाली माथि कुटपिट भएको थियो । जयपुरको नाहरगढ़ किल्लामा सुटिङको क्रममा राजपूत करणी सेनाका कार्यकर्ताले  तोडफोड गरेर भंसालीलाई थप्पड लगाएका थिए  ।  सुटिङ क्रममा भंसाली  माथि कुटपिट भएपछि चलचित्रको सुटिङ रोकिएको थियो ।
 
सो सेटमा  हमला गर्नले रानी पद्मावतीलाई चलचित्रमा गलत तरीकाले देखाइएको भन्ने आरोप लगाएका थिए  । चलचित्रमा दीपिका पादुकोण रानी पद्मावती को भुमिकामा रहेकी छन् । त्यस्तै रणवीर सिंह अलाउद्दीन खिलजीको भूमिकामा रहेका छन् ।  चलचित्र डिसेम्बर १ मा रिलिज हुदैछ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ