arrow

चेपाङ गाउँमा इन्टरनेट, सौर्य ऊर्जाबाट कम्प्युटर सञ्चालन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1900823743.jpeg
रत्ननगर । चितवनको विकट कोराकस्थित चेपाङ गाउँमा इन्टरनेट सेवा सुरु भएको छ । ग्रीन स्कुल परियोजनाले चितवनको चेपाङ गाउँमा इन्टरनेट सेवा पुर्याएको हो । 
नेट जोडेसँगै उनीहरु विश्वसँग जोडिएका छन् । जर्मनीका विद्यार्थीसँग इन्टरनेटको माध्यमबाट यहाँका चेपाङ विद्यार्थीले कुरासमेत गर्न थालेका छन् । 
 
इन्टरनेटकै माध्यमबाट जर्मनीमा रहेका विद्यार्थीको अनुभव सङ्गाल्ने मौकासमेत ती विद्यार्थीलाई मिलेको ग्रीन स्कुल परियोजना सञ्चालन गरेको प्रकृतिका साथिहरु संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए । 
 
इन्टरनेटकै कारण जर्मनीस्थित डुसलडर्फको प्राथमिक विद्यालय ‘होहेन स्ट्रास’ विद्यालयबीच मितेरी सम्बन्ध कायम भएको आचार्यले जानकारी दिए ।
 
उक्त विद्यालयका कक्षा चारका विद्यार्थीको मित्रताको प्रस्तावपछि राष्ट्रिय प्राथमिक विद्यालय चारकिलाको इको क्लवका विद्यार्थीबीच मितेरी सम्वन्ध कायम भएको हो । 
जर्मनीमा रहेको उक्त स्कुलले विद्यार्थीलाई वातावरण संरक्षण, अर्गानिक खेती, तथा विभिन्न व्यावहारिक शिप दिंने गरेको छ । 
 
ती स्कुलका बारेमा परिचय, संस्कृति र उनीको जीवनशैलीबारे प्रोफाइलसमेत तयार भएको आचार्यले जानकारी दिए । 
 
गुलेलीले चरा मार्ने बालबालिका अहिले संरक्षणमा जुटेका छन् । कोराकको राप्रावि चारकिल्ला र स्वामिटार माध्यामिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको थियो । 
यहाँका दुई स्कुलमा ४२ जना विद्यार्थीलाई ईको क्लवमा सहभागी गराएर ग्रीन स्कुल परियोजनामार्फत संरक्षणमा सक्रिय गराइएको आचार्यले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ