arrow

सबै तहमा लेटरग्रेटिङ लागू होला त ?

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
Education-ministry.jpg.jpeg
काठमाडौं । शिक्षा मन्त्रालयले सबै तहको परीक्षामा लेटरग्रेटिङ लागू गर्ने तयारी गरेको छ । 
 
मन्त्रालयले यो वर्षदेखि एसएलसी परीक्षामा लेटरग्रेटिङ शुरु गरेपछि त्यसलाई निरन्तरता दिन सबै तहमा लेटरग्रेटिङ लागू गर्न लागेको छ ।
 
शिक्षा मन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले देशभरका सबै विश्वविद्यालय, उच्च मावि र विद्यालय तहमा लेटरग्रेटिङ लागू गर्ने विषयमा छलफल भएको थियो । 
 
शिक्षा मन्त्रालयका सबै निकाय, देशका ९ वटा विश्वविद्यालयका उपकुलपति, उच्च माध्यमिक शिक्षा परिषद, सीटीईभीटी, शिक्षक महासंघ, प्याब्सन, एन-प्याब्सन, अभिभावक संघ, राष्ट्रिय अभिभावक संघलगायत डेढ दर्जन सरोकारवालको उपस्थिति रहेको थियो ।
 
नेपाल समाचारपत्रमा खबर छ - शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले शिक्षालाई स्तरीय बनाउन लेटरग्रेटिङ आवश्यक रहेको बताउँदै छलफल चरण सुरु गरेको र केहीदिनभित्रै सबै निकायलाई निर्देशन दिएर लेटरग्रेटिङ लागू हुने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ