arrow

सुनसरीमा हात्तीको आक्रमणबाट दुईको मृत्यु

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
Elephant-1-750x500.jpeg

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–३ मा सोमबार जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५० वर्षीया बेचनीदेवी सरदार र ३६ वर्षीया सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कोशी टप्पु आरक्षबाट दाउरा लिएर आउँदै गरेका सरदारद्वयलाई आरक्षको छेउमा रहेको उखु खेतबाट निस्केको हात्तीले आक्रमण गर्दा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
 
हात्तीको आक्रमणबाट स्थानीयवासी ५० वर्षीया विन्दादेवी सरदार गम्भीर घाइते भएकी छन् । उनको दाहिने खुट्टा, छाती र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको तथा गम्भीर घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ