- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आचार संहिताको धज्जी उडाएको छ । एमालेले निर्वाचन आचार संहिताको धज्जी उडाउने क्रममा मंगलबारका राजधानीबाट प्रकाशित हुने दैनिकहरुमा विज्ञापन प्रकाशित गरेको छ ।
निर्वाचन आयोगको आचार संहिताको परिच्छेद २ को ५ ख १ अनुसार बढीमा सात बाइ सातको विज्ञापन एक पटकमा एउटामात्र पत्रिकामा प्रकाशित गर्न पाइन्छ ।
तर एमालेले आचार संहिताको धज्जी उडाउँदै हरेकजसो दैनिकमा उक्त विज्ञापन प्रकाशित गरेको हो ।
एमालेले पटकपटक सरकारले आचार संहिता उल्लंघन गरेको आरोप लगाइरहेका बेलामा आफूले भने झन् कार्वाही नै भोग्नुपर्ने गरी आचार संहिता उल्लंघन गरेको हो ।
एमालेले आचार संहिताको धज्जी उडाएपछि निर्वाचन आयोगमा उजुरी परेको छ ।
मंगलबार विभिन्न दलका संगठनसंगै नागरिक समाजका तर्फबाट थुप्रै उजुरी परेको हो ।
उजुरीमा एमालेको केन्द्रीय कार्यालय र अध्यक्ष केपी शर्मा ओलीलाई कार्वाही गर्न भनिएको छ ।
अक्षम्य आचार संहिताको उल्लंघन गरेपछि के एमाले कार्वाहीको भागेदारी होला त ? भन्ने व्यापक चासो बढेको छ ।