arrow

रंगेलीमा सामाजिक सद्भाव बिग्रदैन : मोर्चा

रंगेली सबै समुदायको साझा फुलबारी भएकाले यो नबिथोलिने

logo
कुमोद अधिकारी, विराटनगर
प्रकाशित २०७२ माघ ९ शनिबार
Rangeli-1.jpg.jpeg
सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मोरङको रंगेलीमा भएको घटनाले जातिय सद्भाव नबिथोलिने बताएको छ । मोर्चाले विराटनगरमा शनिवार पत्रकार सम्मेलन गरी रंगेलीमा भएको घटनाले सामाजिक सद्भाव नबिथोलिने भन्दै सबैलाई ढुक्क रहन आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा संघिय समाजवादी फोरमका मोरंङ जिल्ला अध्यक्ष एंव मोर्चाका संयोजक राजकुमार यादवले अरु कोहि पनि घटनाको जिम्मेवार नभई प्रशासन र युवा संघका कारण रंगेलीमा घटना घटेको बताए ।

उनले एकसय वर्ष अघिदेखी रंगेलीमा पहाडे र मधेशी समुदाय मिलेर बस्दै आएकाले यो समुदायको भावनालाइ केहि दलले टुटाउने खोजे पनि यो कहिले नटुटने बताए । रंगेली सबै समुदायको साझा फुलबारी भएकाले यो नबिथोलिने उनको भनाइ थियो । 

अध्यक्ष यादवले मृतकलाइ क्षतिपुर्तिको व्यवस्था तथा प्रहरी प्रमुखलाई कार्वाही नभएसम्म मृतकको शव नबुझने बताए । कार्यक्रममा तर्राइ मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष मोहमद्ध कादिरले रंगेलीमा भएको घटनाले पहाडे मधेशी सबै जातिलाइ दुखित बनाएको भन्दै यो घटनाले सामाजिक सद्भाव नबिग्रने बताए ।

उनले मोर्चा संयम रहेकाले समाजिक सद्धभाव कायम राख्न प्रतिवद्ध रहेको बताए । उनले रंगेलीको घटनामा प्रमुख जिल्ला अधिकारी तथा मोरंङका प्रहरी प्रमुख मुख्य जिम्मेवार भएको बताए । विहिवार र्मोचा प्रहरी विच भएको झडपमा मोर्चाका तिनजनाको ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ