arrow

सर्वसत्ताबाध लाध्ने षड्यन्त्र भईरहेको छ : देउवा

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
deubas1.jpg

राजविराज । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकमा कम्युनिष्ट शासनको नाममा सर्वसत्ताबाध लाध्ने षड्यन्त्र भईरहेको भन्दै नेपाली कांग्रेसले मात्र त्यसलाई निष्तेज गर्न सक्ने कुरा बताएका छन् ।

बिहीबार सप्तरीको शम्भूनाथ नगरपालिकास्थित कठौना बजारमा आयोजित कांग्रेसको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । ‘कम्यूनिष्ट शासन आयो भने फेरी तपाईले अर्को चुनाव देखन पाउनु हुने छैन’ उनले भने ‘सम्पत्ति माथिको अधिकार समेत खोसिने छ ।’

मधेशको असन्तुष्टिलाई संविधान संशोधन मार्फत सम्बोधन गर्न आफूहरुले भरमगदुर प्रयास गर्दा पनि एमालेको अवरोधका कारणले सम्भव नभएको भन्दै उनले अब कांग्रेसलाई बहुमतले जिताएर मधेशका पक्षमा संविधान संशोधन गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।

नेता देउवाले भने ‘तपाईहरु बहुमतका साथ कांग्रेसलाई जिताउँनुस् हामी संविधान संशोधन गरेर मधेशको माँग पुरा गरी छाड्छौ ।’सप्तरी जिल्लामा बिकासका लागि कठौना पातो र शम्भुनाथ बनैनिया सडकलाई छिटै कालोपत्रे गरिने प्रतिबद्धताका साथ उनले रुपनी गाईघाट सडकको ट्रयाक खोलेर हुलाकी सडक निर्माणको कार्य पनि अघि बढाईने प्रतिबद्धता दोहोर्‍याए ।

यसैगरी शम्भूनाथ नगरपालिकामा २५ शैय्याको अस्पतालको पहलका साथै शम्भूनाथ नगरपालिकाको भवन निर्माणको लागि जग्गा भोग अधिकारका लागि मन्त्रि परिषद्बाट स्वीकृति दिने प्रतिबद्धता व्यक्त गरे ।सप्तरीका सबै क्षेत्रमा कांग्रेस उम्मेदवारलाई जिताउँन अपिल गर्दै उनले कांग्रेसको आधार स्तम्भ नै मधेश भएको प्रसंग उठाए ।

नेपाली कांग्रेस सप्तरीका सभापति रामप्रसाद मण्डलको सभापतित्वमा आधारित कार्यक्रममा यूवा तथा खेलकुद राज्यमन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नं. ४ का उम्मेदवार तेजुलाल चौधरी, कांग्रेसका जिल्ला सभापति एवं क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार दिनेश कुमार यादव लगायतले पनि बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ