arrow

खसबादी सोचका कारण बार्ता असफल: महतो

मधेश प्रदेशको माग पुरा नभए विखण्डनकारीलाई बल पुग्ने

logo
किरण न्यौपाने, रंगेली।
प्रकाशित २०७२ माघ ९ शनिबार
rajendra-moahato.jpg.jpeg
रंगेली घटना भएको २ दिन पछि आन्दोलनरत मोर्चाको एक घटक नेपाल सदभावना पार्टिका अध्यक्ष राजेन्द्र महतो आज दिउसो रंगेली पुगेका छन्।
 
प्रहरीको गोली लागेर मोरङको रंगेली र डाइनियामा तीन जनाको मृत्यु भएपछि महत्तो मृतकको परिवारलाई भेट्न रंगेली आएका हुन्। 
 
महतोले रंगेली नगरपालीका ४ स्थित मृतक द्रोपती देवी चौधरीको घरमा पुगेर पति किसनलाल चौधरी र छोरा देवकुमार चौधरीलाई समबेदना प्रकट गरी मधेश आन्दोलनको बलिदान खेर नजाने बताएका थिए। 
 
सो क्रममा सञ्चारकर्मीहरु संग कुराकानी गर्दै अध्यक्ष महतोले प्रमुख दल काग्रेस, एमाले र माओवादीको खसबादी सोचका कारण बार्ता सफल हुन नसकेको बताउनु भएको छ।
 
उहाले सरकारले बार्ताको नाममा नौटंकी गरीरहेको आरोप लगाए। जब जब बार्ता सकारात्क हुन्छ सरकारले आफै बार्ता विथोल्न कार्य गरेको बताउदै गोली र बारुद चलाएर मधेशको समस्या समाधान नहुने बताउनु भयो। 
 
उहाले मधेश प्रदेशको माग पुरा नभए विखण्डनकारी माग आइरहेको शक्तिलाई बल पुग्ने बताउदै राज्यले यो कुरालाई नबुझेर हिंसा र विखण्डन तर्फ धकेली रहेको आरोप लगाए। उहाले संविधान निर्माण गर्दा एक भएका ३ दल अब झगडा नगरी एक भई तराईमा मधेश र थारुहट प्रदेश गरी दुई प्रदेश संविधान संसोधन गरेर बनाउनु पर्ने बताउनु भयो। 
 
यता अध्यक्ष महतोले रंगेली पछी डाइनिया र बरडगाका मृतकका परिवार संग समेत गएर भेट्नु भएको थियो उहा आज रंगेलीमै रहने कार्यक्रम रहेको 
                    
रंगेली घटना पस्यात सुनसान बनेको रंगेलीमा केही चहलपहल बढेको छ। हिजो जिल्ला प्रशासन कार्यालय मोरङले सभासद शिव कुमार मण्डलको संयोजकत्वमा बनाएको सम्बाद समितीले रंगेलीमा स्थानिय अगुवाहरु तथा मोर्चा संग रंगेलीको बातावरण सहज बनाउने विषयमा छलफल गरेपस्यात रंगेलीको त्रासपुर्ण बातावरण खुकुलो बनेको हो। 
 
तर मोर्चाले बजार तथा यातायातका सवारी साधनहरु भने खुल्न दिएको छैन् भने रंगेली बजारमा टायर बालेर विरोध कार्यक्रमहरु भने जारी राखेका छन् । प्रशासनले रंगेलीको शान्ति सुरक्षालाई ध्यानमा राखेर बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ