arrow

डलर कमजोर, विदेशी सामान सस्तो 

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
dollar.jpeg

काठमाडौं । परिवर्तनीय (संसारको धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर दुई महिनायताकै कमजोर भएको छ ।

नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने अपेक्षा गरिएको छ । 

कमजोर डलरका कारण आयातित बस्तु सस्तोमा पाइने सम्भावना बढेको छ । यसले गर्दा उपभोक्तालाई राहत पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलर बराबर एक सय दुई रुपैयाँ ८५ पैसा खरिद मूल्य र बिक्री मूल्य एक सय तीन रुपैयाँ ४५ पैसा तोकेको छ ।

नेपाली रुपैयाँ बलियो हुनुको कारण भारतीय रुपैयाँ मजबुत हुनु हो । 

नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर भएका कारण भारु मजबुत हुनासाथ नेपाली रुपैयाँ पनि बलियो र कमजोर हुँदा कमजोर हुने गरेको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ