arrow

मिस्टर पर्फेक्टनिष्ट नारायणगोपाल – नेपाली संगीतको एउटा मानक

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
narayan-gopal.jpeg

काठमाडौं । नेपाली गीतसंगीतलाई शिशु अवस्थामा मेलवादेवी र मित्रसेनहरूले डोहोर्याए । प्रजातन्त्रप्राप्तिसँगै रेडियो नेपालको स्थापना भएपछि नेपाली संगीत एक मानेमा आधुनिक युगमा प्रवेश गर्यो । 

यसपछि गीत रेकर्डिङका लागि कलकत्ता लगायतका भारतीय सहर जानुको विकल्प तत्काल नहटे पनि हाम्रा गीतहरूमा विदेशी बाजाको प्रयोग हुन थाल्यो । आधुनिक भनिने गीति विधाका लागि नारायणगोपाल अँध्यारोमा जूनकिरीझैँ देखा परे । 

आधुनिक गीतसंगीतका क्षेत्रमा नारायण दाइले अद्भुत काम देखाए । उनले नेपाली गीतसंगीतको क्षेत्रमा जे दिए, त्यो एउटा कोसेढुंगाका रूपमा रहेको छ र त्यसलाई आजसम्म कसैले नाघ्न सकेको छैन । धेरै जना प्रयासरत चाहिँ छन् । 

स्वरको रेन्ज, मार्मिक भ्वाइस टेक्स्चर, सेन्स अफ म्युजिक, गायकीरसंगीतरशब्दलाई पहिचान गर्ने क्षमता, प्रविधिको प्रयोगमा उत्सुकता जस्ता विशेषताले ओतप्रोत थिए उनी । 

यी विशेषता समकालीन अन्य गायकमा उनमा झैँ एकमुस्ट थिएनन् र यही कारण उनी अरूभन्दा भिन्न भए । त्यसैले नारायणगोपाल एउटा गायक वा संगीतकार मात्रै होइन कि, नेपाली संगीतको एउटा कालखण्ड हो । एउटा मानक हो । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ