arrow

उपत्यकामा बम आतंक

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
clean-kathmandu.jpg.jpeg

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा उपत्यकामा बम आतंक चर्केको छ। सोमबार मात्रै राजधानीका तीन स्थानमा बम फेला परेको छ। 

बूढानीलकण्ठ नगरपालिका चपली हाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता गगन थापासहित १२ घाइते भए।

गगन चपली हाइटमा घरदैलो कार्यक्रम गरिरहेकै बेला बम विस्फोट भएको थियो । विस्फोट नेत्रविक्रम चन्द ‘विप्लवु नेतृत्वको माओवादीले गराएको आशंका प्रहरीले गरेको छ।

सोमबारै लाजिम्पाटस्थित एभरेष्ट बैंकअगाडि राखिएको बम सेनाले डिस्पोज गरेको छ । त्यस्तै, वनस्थली एकलटारस्थित पूर्वमन्त्री जीवनबहादुर शाहीको निवासअगाडि अज्ञात समूहले बम राखेको थियो । 

सेनाको डिस्पोज टोलीले बम डिस्पोज गराएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । प्रहरीले बम राख्ने र पड्काउने व्यक्तिको पहिचान नभए पनि विप्लवका कार्यकर्ताले घटना गराएको आशंका प्रहरीले गरेको छ।

उता, ललितपुरस्थित च्यानडाँडा जंगलमा राखेको प्रेसरकुकर बम सेना र प्रहरीले डिस्पोज गरेका थिए।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी रवीन्द्र धानुकले चुनाव बिथोल्ने समूहले विस्फोट गराएको र प्रहरीले शंकास्पद ४२ जनालाई पक्राउ गरेको बताए। उनले भने, ‘बम रिमोटबाट विस्फोट गराएको आशंका छ ।

किल्टी वा प्रेसरकुकर बममध्ये एउटामा इम्प्रोभाइज विस्फोट गराइएको हो। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ।’

उनले काठमाडौंमा उच्च सुरक्षा सतर्कता अपनाइएको बताए। 

राजधानीका अधिकांश युनिटका प्रहरी यतिबेला सडकमा खटिएका छन्। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ