arrow

मधेसीका माग कति भए पूरा

logo
प्रकाशित २०७२ माघ १० आइतबार
Rangeli-1.jpg.jpeg
काठमाडौं । संविधानसभाबाट ३ असोजमा जारी संविधान १२६ दिनमै संशोधन भएको छ । अब भारतको अघोषित नाकाबन्दी खुल्ने विश्वास गरिएको छ । संविधान संशोधनले मधेसीका माग कति पूरा भए त ?
 
नयाँपत्रिका दैनिक खवर छ-अनुसार मधेसी मोर्चाको ११ बुँदे मागमा सहमति गर्न प्रमुख तीन दल र मोर्चाको कार्यदल तथा शीर्ष तहमा पटक-पटक छलफल भयो । तर, प्रदेशको सीमांकन टुंग्याउने विषयमा विवाद भएपछि मोर्चाको मुख्य दुई माग समेटेर संविधान संशोधन भयो ।संघ, प्रदेशलगायत राज्यको सम्पूर्ण अंग, तह, निकाय र सेवा आयोगहरुमा प्रत्याभूति हुनुपर्ने मधेसी मोर्चाको मुख्य माग थियो ।
 
 यो मागअनुसार संविधान संशोधन भएको छ । संविधानको धारा ४२ मा सामाजिक न्यायको हकमा उल्लेखित ‘समावेशी सिद्धान्तका आधारमा’ भन्नेमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा राखेर संशोधन गरिएको छ । निर्वाचन क्षेत्र जनसंख्याका आधारमा निर्धारण हुनुपर्ने मधेसी मोर्चाको माग थियो । संविधानमा यसअघि निर्वाचन क्षेत्र निर्धारण गर्दा भूगोल र जनसंख्याको आधार भनिएकोमा संशोधनमा प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र हुने गरी ‘जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार’ मानिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ