arrow

तेह्रथुममा पैसा बाँड्दै गरेका एमाले कार्यकर्ता पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७४ मंसिर २० बुधबार
money.jpeg.jpeg

तेह्रथुम। तेह्रथुममा बाम गठबन्धनका कार्यकर्ताले मतदातालाई प्रभावित पार्न पैसा बाँड्दा बाँड्दै कांग्रेसका प्रदेश सभा सदस्यका उम्मेदवारले पक्राउ गरेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार गोविन्द ढुंगानाले पैसा बाँड्दै गरेका एमाले कार्यकर्ताहरु सभा पौडेल र गोपाल खापुङलाई बुधबार रंगेहात फेला पारेका हुन् ।

 कांग्रेस उम्मेदवार ढुंगानाले केही नगद रुपैयाँ सहित भेटिएका पौडेल र खापुङलाई प्रहरीलाई जिम्मा लगाउन पठाएका थिए । तर एमाले कार्यकर्ताहरुले पुनः मतदाताको स्वाभिमानी मत खरिद गर्न प्रयास नगर्ने शर्तसहित माफी मागेपछि दिएको रकम फिर्ता गराई उनीहरुलाई छाडिएको कांग्रेस उम्मेदवार ढुंगानाले बताए ।

 बुधबारै लालीगुराँस नगरपालिकाको सोल्मामा पनि एमालेका नेताहरुले पैसा बाँड्दै गर्दा कांग्रेस कार्यकर्ताहरुले फेला पारेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ