arrow

स्मार्ट लाइसेन्स अवधि १० वर्ष

logo
प्रकाशित २०७२ माघ १० आइतबार
Smart-Card-Driving-License-300x186.jpg.jpeg
काठमाडौं । सरकारले स्मार्ट ड्राइभिङ कार्ड (लाइसेन्स) को अवधि १० वर्ष पुर्याउने भएको छ । हालको कागजी लाइसेन्स स्मार्ट कार्डमा स्तरोन्नति भएसँगै अवधि पनि बढाउन लागिएको हो । अवधि बढाउन ऐन नै संशोधन गर्नुपर्ने भएकाले भौति पूर्वाधार तथा यातायात मन्त्रालयले फाइन कानुन मन्त्रालयमा पठाएको छ ।
 
कारोबार दैनिकमा खबर छ-यसअघि वितरण हुँदै आएको कागजी लाइसेन्स हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । स्मार्ट कार्ड सुरक्षित र प्रविधियुक्त भएकाले अवधि बढाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ