arrow

डडेल्धुरामा एकैठाउँमा ३ वटा बम, एउटा विस्फोट 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
dadeldhura.png

काठमाडौं । डडेल्धुरा जिल्लाको परसुराम नगरपालिकामा ३ वटा बम भेटिएको छ । प्रधानमन्त्रीको गृहजिल्ला समेत रहेको डडेल्धुरामा दिउँसो १२ बजेतिर बम विस्फोट भएको हो ।

जिल्ला सदरमुकामबाट ८५ किलोमिटर टाढा रहेको नगरपालिकाको वडा नं ४ र ७मा बम विष्फोट भएको जानकारी आएको भएपनि यस विषयमा थप जानकारी लिने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । 

उता प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बम विस्फोट भएको क्षेत्र मानव वस्ति भन्दा धेरै पर रहेकोले त्यहाँ कुनैपनि मानवीय क्षति नभएको बताए । उनले यो विस्फोट मतदातालार्इ त्रसित बनाउने हेतुले गरिएको भन्दै मानव बस्तीमा सुरक्षाको पूर्ण ग्यारेन्टी गरिएको जानकारी दिए । 

प्रधानमन्त्री देउवाले डडेल्धुरामा मतदान गरेर कैलाली गईसकेपछि विस्फोट भएको हो । विस्फोटमा कुनैपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ