arrow

गगनलाई बम हानेको आरोपमा नेकपाका नेता चुनावकै दिन पक्राउ

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
gagan_thapa6.jpg

काठमाडौं । प्रहरीले चुनावकै दिन काँग्रेस नेता गगन थापालाई बम आक्रमण गरेको आरोपमा ६ जनालाई हतियार सहित पक्राउ गरेको छ । बिहीबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । 

नेकपाका युवा दस्ता इन्चार्ज रवि गोलेसहित ६ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । चिनियाँ पेस्तोलसहित उनीहरुलाई पक्राउ गरिएको हो । गत सोमबार काठमाडौंको चपलीमा थापामाथि आक्रमण भएको थियो । सोही आक्रमणमा गम्भीर घाईते भएका दुई जनाको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ