arrow

भीम रावलको अछाममा बुथ कब्जा गर्ने एमाले प्रयास विफल

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
Bhim-rawal.gif.gif

साँफेबगर । अछामको साँफेबगर नगरपालिकास्थित राष्ट्रिय माविमा रहेको मतदान केन्द्रमा एमालेका कार्यक्रर्ताले बुथ कब्जा गर्न खोजेपछि झडप भएको छ ।

मतदान भइरहेका बेला हुल बाँधेर बाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले रोकेको थियो ।

बुथ कब्जा गर्न खोजेको थाहा पाएपछि कांग्रेस कार्यकर्ताले पनि नाराबाजी गर्दै बिरोध जनाएका छन् । कांग्रेसले विरोध गरेर प्रतिकारको चेतावनी दिएपछि बाम गठबन्धन हच्किएको हो । सो बुथमा केही समय तनाव उत्पन्न भएको थियो ।

मतदान केन्द्रलाई सुरक्षित गर्न नेपाली सेनालाई परिचालन गरिएको प्रहरीले जनाएको छ ।

अछाम जिल्लामा एमालेका उपाधयक्ष भीम रावलले बाम गठबन्धनलाई जिताउन हदैसम्मको गतिविधी गरेको नेपाली कांग्रेसका सभापति भरतबहादुर स्वाँरले बताए ।

एमालेका नेता रावल अछाम क्षेत्र नं. १ बाट प्रतिनिधी सभामा उम्मेदवार छन् । उनलाई माओवादी केन्द्रले साथ दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ