arrow

मतदाताकाे मुख हेर्दै विना हस्ताक्षरका मतपत्र दिएपछि जल्यो मतपेटीका, अनि रोकियो मतदान

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
arghakhachi.jpg

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ वाङ्लाको मथुरा मतदान केन्द्रको मतदान रद्द भएको छ ।

८ सय बढी मत खसिसकेको अवस्थामा मतदान अधिकृतले थुप्रै मत हस्ताक्षर नगरेरै दिएको थाहा भएपछि दलका प्रतिनिधिहरुले मतपेटीका जलाईदिएका छन् ।

मतदान अधिकृतले बद्मासी गरेको भन्दै लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले मतपेटीका नै तोडफोड गरि आगजनी गरेका हुन् ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले दलका कार्यकर्ता छानेर अनुहार हेर्दै हस्ताक्षर नगरेर मतपत्र दिएको लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले बताए ।

वाम गठबन्धनका कार्यकर्ताले भने एक्कासी मतदान अधिकृतमाथि हातपात भएको र मतपेटीका फालेको बताएका छन् । लोकतान्त्रिकका एक कार्यकर्ताले भने, ‘यो काँग्रेसको पकड क्षेत्र हो ।

मतदान अधिकृतले एमाले–माओवादीका कार्यकर्ताले मत हाल्न बुथसम्म लगिदिएकालाई हस्ताक्षर गरेर मतपत्र दिएको र अन्य दलका कार्यकर्ताले भित्र पठाएकाहरुलाई हस्ताक्षरै नगरे मतपत्र दिने गरेपछि तोडफोड भएको हो ।’

यो मतदान केन्द्रमा २५ सय मतदाता थिए । ८ सय बढी मत खसेको अवस्थामा रोकिएको मतदान कहिले हुने भन्ने टुंगो लागेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ