arrow

मुस्ताङमा मुचुल्का खोलिँदै, 'मध्यरातसम्म नतीजा' : कार्यालय

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
Mustang_District.png

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङमा मतगणनाको लागि मुचुल्का खोल्न लागिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो चरणमा भएको निर्वाचनको मत गणनाको लागि मुचुल्का खोल्न लागिएको जिल्ला निर्वाचन अधिकारी सिताराम शर्माले जानकारी दिए । 

५ बज्नेवित्तिकै मुचुल्का खोलेर मतगणना सुरु गर्ने तयारी भईरहेको छ । कूल ६ हजार सात सय मत खसेको जिल्लामा राती १२ बजेसम्म निर्वाचनको परिणाम नै सार्वजनिक गर्ने तयारी भईरहेको शर्माले जानकारी दिए । उनका अनुसार एउटै स्थानमा मतगणना हुँदैछ । यद्यपि प्रतिनिधि सभा र प्रदेश सभा क र ख गरी तीन वटा टोलीले मतगणना गर्ने तयारी भईरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ