arrow

जब बबरमहलमा एक्कासी हात मिलाउन पुगे प्रकाशमान र रविन्द्र

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
prakash-_rabindra.jpg

काठमाडौं । चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशनमान सिंह र रविन्द्र मिश्रको मतदानका क्रममा जम्काभेट भएको छ ।

दुवै काठमाडौं क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । भेट हुनासाथ उनीहरुले आपसमा हात मिलाएर दुवैले जितको शुभकामना पनि साट्न भ्याए ।

सिंहले काठमाडौं  क्षेत्र नम्बर ७ मा पर्ने पकनाजोलको युवक उच्च मावि मतदान केन्द्रबाट र मिश्रले भैंसेपाटीको रत्नज्योती महिला वरिवारको मतदान केन्द्रबाट मत खसाले । तर, उनीहरुको जम्काभेट भने बबरमहलमा भएको हो ।

भेटहुनेवित्तिकै दुवैले हात मिलाएर शुभकामना दिइहाले । मतदानपछि सिंहले मिश्रलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालले हिरो बनाएको प्रतिक्रिया दिएका थिए ।

मिश्रले भने प्रतिस्पर्धी सिंहलाई स्वघोषित रुपमा कोही पनि हिरो नहुने बताएका थिए । तर, जम्काभेटमा भने उनीहरुले विपक्षी भावनाको गुञ्जायस दिएनन् । भेटमा दुवै मख्ख भए । मिश्रले पूरानो सोच भएका नेताहरुले देश विकास नहुने भन्दै वौद्धिक कटाक्ष गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ