arrow

जनार्दनको क्षेत्रमा ६ बजेदेखि मतगणना, हुम्लामा भने सुरु

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
janardan_sharma1.JPG

काठमाडौं । निवर्तमान गृहमन्त्री एवं विना विभागीय मन्त्री जनार्दन शर्माको क्षेत्रमा ५ बजेदेखि सुरु गर्ने भनिएको मत गणना अझै सुरु हुन सकेको छैन ।

प्रदेश नं ६ मा पर्ने पश्चिमी रुकुममा तयारी गर्दागर्दै केही ढिलाई भएको कारणले तोकिएको समयमा नै मतगणना सुरु हुन नसकेको मुख्य निर्वाचन अधिकारी काजीबहादुर राईले जानकारी दिए । 

उनका अनुसार अब मुचुल्का खोलेर मतगणनाको अन्य प्रक्रिया सुरु गर्ने तयारी भईरहेको छ । उनको भनाई अनुसार साँझ छ बजेतिरबाट मतगणना सुरु गर्ने तयारी भईरहेको छ । 

त्यस्तै, हुम्लामा पनि हुम्लामा पनि मतगणना सुरु भईसकेको छ । हुम्ला जिल्लाका मुख्य निर्वाचन अधिकारी मोदिनी पौडेलका अनुसार साँझ ५ बजेदेखि नै मतगणना सुरु भईसको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ