arrow

मतगणना सकिएपछि मोरङबाट शेखरले जारी गरे यस्तो वक्तव्य

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले वक्तव्य जारी गर्दै आफ्ना मतदाताहरुलाई धन्यवाद दिएका छन् । निर्वाचनको परिणाम पछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं(६ का प्रतिनिधिसभा उम्मेदवार डा शेखर कोइरालाले मुलुकको समृद्धि र लोकतन्त्र संस्थागतका लागि अविचलित रुपमा लागिरहने बताएका छन् । 

निर्वाचनको परिणाम आएपछि नेता कोइरालाले बक्तव्य जारी गर्दै यस्तो लेखेका छन् । 

मुलुकको समृद्धि र लोकतन्त्र संस्थागतका लागि अविचलित रुपमा यहाँहरुसँगै रहनेछु।

समृद्ध नेपाल निर्माणको महाअभियानको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागि हुनुहुने र सदभाव ब्यक्त गर्नुहुँने सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । लामो राजनीतिक संक्रमणकाललाई अन्त्य गर्दै शान्तिप्रक्रिया सार्थक निश्कर्षमा पुर्याउने र लोकतन्त्रलाई बलियो बनाउने क्रममा हामी छौं । निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो । निर्वाचनको परिणामलाई सहजरुपमा लिनुपर्छ । 

मोरंग क्षेत्र नं –६ का जनताको माया–ममता र सदभाव रहँदारहँदै पनि निर्वाचनबाट आएको परिणामलाई सहजरूपमा लिएको छु । जितहार प्राविधिक विषय हुन । लोकतन्त्रको जन्मभूमी बिराटनगरको बिरासत जोगाउन जस्तोसुकै कठिन मोडमा पनि म कटिबद्ध छु । चुनावी अभियानका क्रममा आफूले उठाउँदै आएका राष्ट्रिय÷अन्तराष्ट्रिय मुद्दाहरू पुरा गराउँन म अविचलित रुपमा यहाँहरुसँगै रहनेछु । 

मुलुकका दुरदराज लगायत मोरंगबासीको शिर कुनैपनि अवस्थामा झुक्न दिने छैन । मोरंगको बिकास र उन्नतीमा बिगतमा जस्तै क्रियाशिल रहँदै यहाँहरु सँगै हातेमालो गरेर हिड्नेछु । र, नेपाली काँग्रेसका निम्ति तपाँईहरूले दिनुभएको प्रत्येक मतको उच्च मूल्यांकन गर्दै अगाडि बढ्नेछु । मुलुकभरका आम कार्यकर्ताको सुख दुखमासँगै रहने प्रतिबद्धता पनि ब्यक्त गर्दछु । निर्वाचनको परिणामबाट कत्तिपनि बिचलित नहून देशभरका लोकतान्त्रिक पक्षधरहरु र शुभचिन्तकलाई आग्रह गर्दै निर्वाचन सम्पन्न गराउन सहयोग गर्नुहुने सूरक्षा निकाय,कर्मचारी, संचारकर्मी, उध्योग÷ब्यवसायी लगायतलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मेरो क्षेत्र लगायत समग्र स्थानमा निर्वाचित सांसदहरुमा पनि हार्दिक बधाई तथा शुभकामना। जय नेपाल।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ