arrow

सन्धिखर्कको मथुरामा पुनः मतदान, ६३ प्रतिशत खस्यो मत

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
arghakhachi_district_map.png

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ स्थित वाङलाको मथुरा नन्दराम आधारभूत विद्यालयको मतदान केन्द्रमा आज पुनः मतदान भएको छ ।

आज भएको मतदानमा ६३ प्रतिशत मत खसेको अर्घाखाँचीका मूख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए ।

२ हजार ४४ मतदाता रहेको मथुरामामा १२ सय ७२ मत खसेको बताइएको छ । २१ गते विहीबार भएको मतदानमा केन्द्र ‘ख’का मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतदातालाई हस्ताक्षर नै नगरी मतपत्र दिएपछि कर्मचारी र मतदाताबीच विवाद भएको थियो ।

आक्रोशित दलका प्रतिनिधिहरुले मतपेटिका तोडफोड र मतपत्र च्यातेपछि मतदान स्थगित भएको थियो । त्यही केन्द्रमा आज पुनः मतदान भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ