arrow

प्रतिस्पर्धी सञ्जय भन्दा पछि परे बामदेव 

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
sanjaya_bamdev.jpg

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम काँग्रेस उम्मेदवार सञ्जय गौतम भन्दा पछि परेका छन् । आइतवार विहानको मतपरिणाम अनुसार उपाध्यक्ष गौतम केही पछि परेका हुन् ।

बर्दिया निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धी सञ्जयले ३५ हजार ६ सय ६९ मत प्राप्त गर्दा बामदेवले ३२ हजार ८ सय १० मत ल्याएका छन ।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागि सिँचाई मन्त्री गौतम र पूर्व गृहमन्त्री समेत रहेका एमाले उपाध्यक्ष गौतमबीचको प्रतिस्पर्धामा बामदेव करिव २४ सय मतले पछि परेका हुन् । 
 
बर्दिया–१ मा कुल एक लाख ३९ हजार ३६२ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ