arrow

मतगणना नसकिँदै महेश बस्नेतले विजयोत्सव घोषणा गरेपछि दमननाथले यस्तो लेखे

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
damannath.jpg

काठमाडौं । दिउँसो एउटा विरक्तिँदो भावको ट्वीट गरेर चर्चामा आएका भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दमननाथ ढु्रगानाले साँझ फेरि अर्काे ट्वीट गरेर प्रतिस्पर्धी महेश बस्नेतको कटाक्ष गरेका छन् ।

शनिबार रातीसम्म पनि नतिजा आईनसकेको सो क्षेत्रमा पूरा नतिजा नआउँदै बस्नेतले विजयोत्सव घोषणा गरेको भन्दै उनले कटाक्ष गरेका हुन् । उनले बस्नेत आफैंले विजयोत्सव घोषणा गरेकोले आफूले पनि मतगणना नसकिँदै उनलाई बधाई दिन चाहेको बताएका छन् । उनले देशभर लहर ल्याउन सफल भएको भन्दै एमाले अध्यक्ष केपी ओलीलाई पनि बधाई ज्ञापन गरेका छन् । 

उनले लेखेका छन् 'मेरा प्रतिस्पर्धी मित्र महेश बस्नेतजीले पूरै मतगणना पर्खिन नपर्ने देखेर विजय जुलुश घोषणा गरिहाल्नु भएकाले म पनि अहिल्यै उहाँलाई हृदयदेखि बधाई दिन्छु।आफ्नातर्फबाट सहयोगको वचन दिँदै सफलताको कामना पनि गर्दछु।साथै,देशव्यापी लहर ल्याउने अभियानका अधिनायक केपी शर्मा ओलीजीलाई मुख्य बधाई !'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ