arrow

छ वटा प्रदेशमा गठबन्धनको दुईतिहाइ

logo
अशोक घिमिरे,
प्रकाशित २०७४ मंसिर २७ बुधबार
bam_gathabandhan.jpg

काठमाडौँ । पहिलो हुने निर्वाचित हुने निर्वाचित प्रणालीअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन छ वटा प्रदेशमा दुईतिहाइ बढी स्थानमा विजयी भएको छ । 

प्रदेश नं १, ३, ४, ५, ६ र ७ मा गठबन्धनले दुईतिहाइ बढी स्थानमा जित हासिल गरेको छ । छ वटा प्रदेशमा अत्यधिक स्थानमा विजयी भएको गठबन्धन प्रदेश नं २ मा भने कमजोर देखिएको छ । तुलनात्मक रुपमा अन्य प्रदेशमा कमजोर देखिएको नेपाली काँग्रेस प्रदेश नं २ मा केही बलियो देखिएको छ । त्यस्तै मधेस केन्द्रित शक्ति २ नं प्रदेशमा बलिया देखिएका छन् । 

प्रतिनिधिसभाअन्तर्गत प्रदेश नं १ का २८ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनका साझा उम्मेदवार २२ स्थानमा विजयी भएका छन् । प्रदेश नं १ मा एमालेले १६ स्थानमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले छ स्थानमा जित हासिल गरेको छ । त्यस्तै काँग्रेस चार स्थानमा विजयी भएको छ भने राप्रपा एक स्थानमा विजयी भएको छ । सुनसरी क्षेत्र नं ३ मा मतगणना जारी छ । सो क्षेत्रमा एमालेका भगवती चौधरी र काँग्रेसका विजयकुमार गच्छदारबीच कडा प्रतिस्प्रर्धा भएको छ । अहिले साँझ ८ बजेसम्म एमालेका चौधरी केही मतले अगाडि हुनुहुन्छ । 

प्रदेश नं २ मा वाम गठबन्धनको उपस्थिति निकै कमजोर देखिएको छ । प्रदेश नं २ का ३२ निर्वाचन क्षेत्रमा वाम गठबन्धनले जम्मा सात स्थानमा जित हासिल गरेको छ । एमाले दुई र माओवादी केन्द्र पाँच स्थानमा विजयी भएका छन् । काँग्रेस अन्य प्रदेशमा भन्दा २ नं प्रदेशमा केही बलियो देखिएको छ । काँग्रेसले यस प्रदेशमा छ स्थानमा जित हासिल गर्न सफल भएको छ । त्यस्तै राजपा नेपाल १० र संघीय समाजवादी फोरम नेपाल नौ स्थानमा विजयी भएको छ । 

यसैगरी प्रदेश नं ३ का ३३ प्रतिनिधिसभाका क्षेत्रमा पनि वाम गठबन्धनको बहुमत रहेको छ । गठबन्धनले २७ स्थानमा जित हासिल गरेको छ । एमाले २० र माओवादी केन्द्र सात स्थानमा विजयी भएको छ । त्यस्तै नेपाली काँग्रेस पाँच र नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएको छ । 

प्रदेश नं ४ को १८ प्रतिनिधिसभाका क्षेत्रमा पनि वाम गठबन्धनको बहुमत रहेको छ । गठबन्धनले १४ स्थानमा जित हासिल गरेको छ । एमालेले ११ र माओवादी केन्द्रले तीन स्थानमा जित हासिल गरेको छ । त्यस्तै प्रदेश नं ३ मा काँग्रेसले एक स्थान मात्र जितेको छ । यसैगरी नयाँ शक्तिले पनि एक स्थानमा जित हासिल गरेको छ । 

प्रदेश नं ५ को २६ प्रतिनिधिसभाका क्षेत्रमध्ये वाम गठबन्धनले १८ स्थानमा जित हासिल गरेको छ । एमाले ११ स्थानमा विजयी भएको भने माओवादी केन्द्र सात स्थानमा विजयी भएको छ । त्यस्तै काँग्रेस पाँच, संघीय फोरम एक, राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् । 

यसैगरी प्रदेश नं ६ को १२ प्रतिनिधिसभाका क्षेत्रमा पनि वाम गठबन्धनको बहुमत रहेको छ । एमाले छ र माओवादी केन्द्र पाँच स्थानमा विजयी भएका छन् भने स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् । प्रदेश नं ६ मा काँग्रेसले एक स्थानमा पनि विजयी हुन सकेन । 

प्रदेश नं ७ को प्रतिनिधिसभाका १६ क्षेत्रमध्ये वाम गठबन्धन १३ स्थानमा विजयी भएको छ । एमाले १० र माओवादी केन्द्र तीन स्थानमा विजयी भएका छन् । 

त्यस्तै काँग्रेस एक स्थानमा मात्र विजयी भएको छ । प्रदेश नं ७ बाट प्रत्यक्षतर्फ काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामात्र विजयी हुुनुभएको छ । त्यस्तै राजपा नेपालका उम्मेदवारले एक स्थानमा जित हासिल गरेका छन् भने एक स्थानमा मतगणना जारी रहेको छ । 

प्रतिनिधिसभामा विजयी दलहरुको प्रदेशगत संख्या 
दल÷प्रदेश    प्रदेश नं १    प्रदेश नं २    प्रदेश नं ३    प्रदेश नं ४    प्रदेश नं ५    प्रदेश नं ६    प्रदेश नं ७ 
नेकपा (एमाले)    १६    २    २०    ११    ११    ६    १० 
माओवादी केन्द्र    ६    ५    ७    ३    ७    ५    ३ 
नेपाली काँग्रेस    ४    ६    ५    १    ५    –    १ 
संघीय फोरम    –    ९    –    –    १    १    – 
राजपा नेपाल    –    १०    –    –    –    –    १ 
नयाँ शक्ति    –    –    –    १    –    –    – 
राजमो    –    –    –    –    १    –    – 
नेमकिपा    –    –    १    –    –    –    – 
राप्रपा    १    –    –    –    –    –    – 
स्वतन्त्र    –    –    –    –    १    –    – 
मतगणना जारी    १    –    –    २    –    –    १ 
जम्मा क्षेत्र    २८    ३२    ३३    १८    २६    १२    १६ 

प्रदेशसभामा पनि बहुमत 

प्रदेशसभाअन्तर्गत प्रदेश नं १ का ५६ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनका साझा उम्मेदवार ४७ स्थानमा विजयी भएका छन् । प्रदेश नं १ मा एमालेले प्रदेशसभाका ३७ स्थानमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले १० स्थानमा जित हासिल गरको छ । प्रदेशसभामा काँग्रेस सात, संघीय समाजवादी फोरम एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् । 

प्रदेश नं २ को प्रदेशसभाका ६४ क्षेत्रमा वाम गठबन्धनले २० स्थानमा जित हासिल गरेको छ । एमालेले १४ र माओवादी केन्द्रले छ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नेपाली काँग्रेस आठ, संघीय समाजवादी फोरम नेपाल २०, राजपा नेपाल १५ र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् । 

प्रदेश नं ३ को प्रदेशसभाका ६६ क्षेत्रमा वाम गठबन्धनले ५७ स्थानमा जित हासिल गरेको छ । एमाले ४३, माओवादी केन्द्र १४ स्थानमा विजयी भएको छ । त्यस्तै काँग्रेस सात, नयाँ शक्ति एक र नेमकिपा एक स्थानमा विजयी भएका छन् । 

प्रदेश नं ४ को प्रदेशसभाका ३६ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनले बहुमत प्राप्त गरको छ । यस क्षेत्रमा एमालेले १६ र माओवादी केन्द्रले आठ स्थानमा जित हासिल गरेका छन् । त्यस्तै काँग्रेसले पाँच, नयाँ शक्तिले एक, राष्ट्रिय जनमोर्चाले दुई र स्वतन्त्रले एक स्थानमा जित हासिल गरेका छन् । तीन स्थानमा मतगणना जारी रहेको छ । 

प्रदेश नं ५ को प्रदेशसभाका ५२ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनले बहुमत प्राप्त गरेको छ । गठबन्धनले ४३ स्थानमा जित हासिल गरेको छ । एमाले २९ र माओवादी केन्द्र १४ स्थानमा विजयी भएका छन् । यस्तै काँग्रेसले छ, संघीय फोरमले तीन स्थानमा जित हासिल गरेका छन् । 

प्रदेश न. ६ को प्रदेशसभाका २४ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ । गठबन्धनले २३ स्थानमा जित हासिल गरेको छ । एमालेले १४ र माओवादी केन्द्रले नौ स्थानमा जित हासिल गरेको छ । नेपाली काँग्रेसले ६ नं प्रदेशको एउटा मात्र प्रदेशसभामा जित हासिल गरेको छ । 

यसैगरी प्रदेश नं ७ को प्रदेशभाका ३२ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनले बहुमत हासिल गरेको छ । गठबन्धनले २७ स्थानमा जित हासिल गरको छ । ७ नं प्रदेशमा एमाले १७ र माओवादी केन्द्र १० स्थानमा विजयी भएका छन् । यस्तै काँग्रेसले चार, राजपा नेपालले एक स्थानमा जित हासिल गरेका छन । 

प्रदेशसभामा विजयी दलहरुको प्रदेशगत संख्याः 
दल÷प्रदेश    प्रदेश नं १    प्रदेश नं २    प्रदेश नं ३    प्रदेश नं ४    प्रदेश नं ५    प्रदेश नं ६    प्रदेश नं ७ 
नेकपा (एमाले)    ३७    १४    ४३    १६    २९    १४    १७ 
माओवादी केन्द्र    १०    ६    १४    ८    १४    ९    १० 
नेपाली काँग्रेस    ७    ८    ७    ५    ६    १    ४ 
संघीय फोरम    १    २०    –    –    ३    –    – 
राजपा नेपाल    –    १५    –    –    –    –    १ 
नयाँ शक्ति    –    –    १    १    –    –    – 
राजमो    –    –    –    २    –    –    – 
नेमकिपा    –    –    १    –    –    –    – 
स्वतन्त्र    १    १    –    १    –    –    – 
मतगणना जारी    १    –    –    ३    –    –    – 
जम्मा क्षेत्र    ५६    ६४    ६६    ३६    ५२    २४    ३२ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ