arrow

कम्युनिष्ट गठबन्धनको रणनीतिबारे जानकारी दिन ओली राष्ट्रपति निवासमा 

प्रचण्डसँगको भेट लगत्तै ओली पुगे राष्ट्रपति निवास

logo
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
KP-Bidhya.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि तयार पारिएको कम्युनिष्ट गठबन्धनको रणनीति जानकारी गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शितल निवास पुगेका छन् । राष्ट्रिय सभा गठनमा देखिएको विवाद लगायतको विषयमा समेत प्रचण्डसँग सबै रणनीति तय गरेपछि सो रणनीति जानकारी दिनको लागि ओली राष्ट्पति कहाँ पुगेका हुन् । 

अहिलेसम्म पनि बाम गठबन्धनको रणनीतिलाई सहयोग गर्नेगरी काँग्रेस नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय सभा सम्बन्धी अध्यादेश फर्काउने तयारीमा रहेकी राष्ट्रपतिलाई आफ्नो रणनीति सुनाउन ओली शितलनिवास पुग्नुलाई महत्वका साथ हेरिएको छ । 

ओलीसँगको भेटपछि राष्ट्रपतिले कस्तो कदम चल्नेछिन् त्यो भने हेर्न बाँकी नै छ । राष्ट्रिय सभामा बाम गठबन्धनको योजना विपरित बहुमतीय मत प्रणालीको व्यवस्थालाई लागू नगर्ने प्रस्ताव सहित सरकारले पठाएको अध्यादेश पनि रोकेर राखेपछि राष्ट्रपति झनै विवादित बनेकी छिन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ