arrow

मुख्यमन्त्रीको दावेदार भनेका मान्छे सांसद् नै नबन्ने संकेत, कसलाई उठाउला एमालेले ? 

logo
रमित बि.क,
प्रकाशित २०७४ पुष १ शनिबार
Karana_Thapa_a2.jpg

बाजुरा । दोस्रो संविधानसभामा सांसद भईसकेका नेकपा एमालेका केन्द्रीय पोलिटव्युरो सदस्य एवंम पूर्व उद्योगमन्त्री कर्ण बहादुर थापा यस पटक प्रदेशमा झरेका छन् । प्रदेश नं. ७ को मुख्यमन्त्रीको दाबी गर्दै प्रदेशमा झरेका उनी समानुपातिकमा बसेका छन् । एमालेको समानुपातिक सूचीमा खस आर्यको कोटामा पहिलो नम्बरमा थापाको नाम रहेको छ । 

तर,मुख्यमन्त्रीको दावेदार भएका थापालाई प्रदेशसभा सदस्य बन्न कठिन देखिएको छ । प्रदेश नं. ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी कुल ५३ सदस्यीय प्रदेश सभा गठन हुने भएको छ । बामगठबन्धनले प्रत्यक्षतर्फबाटै २७ स्थान ल्याएर बहुमत प्राप्त गरेको छ । समानुपातिक कैलाली १ बाहेक नेपाली काँग्रेसले २ लाख ८७ हजार ७३५,एमालेल २ लाख ५५ हजार ४८६, माओवादी केन्द्रले १ लाख ९८ हजार, राजपाले ३५ हजार २२४ र राप्रपाले १५ हजार २५७ मत पाएको छ । समानुपातिकतर्फ नेपाली काँग्रेस र एमालेले ८८ तथा माओवादीले ४ र राजपाले एक सिट पाउने भएका छन् । 

एमालेले प्रत्यक्षतर्फ १७ सिट जितेको छ । तर,प्रत्यक्षतर्फ निर्वाचित जित्ने महिला भने एक जना पनि छैनन् । यदि समानुपातिकमा ८ सिट पाएपछि भने प्रदेशसभामा एमालेको कुल सिट २५ हुने भएको छ । संविधानको धारा १७६ अनुसार राजनितिक दलले जितेको कुल सिटको ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ । अर्थात एमालेबाट प्रदेशसभामा ८ महिला प्रदेशसभा सदस्य हुनुपर्ने देखिएको छ । 

प्रत्यक्षमा एक जना पनि नजितेकोले समानुपातिकमा पाएको सबै सिटमा महिलालाई पठाउनु पर्दा मुख्यमन्त्रीमा दावेदार थापा प्रदेशसभा सदस्य नबन्ने देखिएको छ । थापा भने त्यसलाई स्विकार नगर्नेमा हुनुहुन्छ । प्रत्यक्ष जितेकाहरुको एक तिहाई मात्र महिला पठाउनुपर्ने भएकाले आफुलाई प्रदेशसभामा जान कुनै समस्या नभएको उनको दाबी रहेको छ । साथै उनको विकल्पका रुपमा एमाले बैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह पछिल्लो समयमा चर्चामा आएका छन् । उनलाई सामाजिक सञ्जाल फेसबुकमा एक पक्ष प्रकाश शाह हुनुपर्छ भन्नेमा छ भने अर्का पक्ष कर्ण थापा हुनुपर्छ भन्ने पक्षमा रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ