arrow

कमल थापा भन्छन्–पार्टी हारेको जिम्मेवारी मै लिन्छु

logo
प्रकाशित २०७४ पुष १ शनिबार
kamal-thapa-1.jpg.jpeg

झापा । राप्रपा अध्यक्ष कमल थापाले पार्टीले निर्वाचनमा व्यहोरेको हारको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् । अध्यक्ष थापाले पार्टी हारको समीक्षा गरिने समेत बताएका छन् ।

शनिबार झापाको विर्तामोडमा राप्रपा महामन्त्री एवं झापा क्षेत्र नम्बर–३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको सम्मानमा गरिएको कार्यक्रममा थापाले ‘हिन्दूराज्य र राजसंस्थाको एजेन्डा बोकेर हिँडेको पार्टीले तीन प्रतिशत मत पनि पाउन नसक्नु दुःखद् हो’–भनेका छन् ।

उपप्रधानमन्त्री समेत रहेका थापाले पार्टीको सिद्धान्त र कार्यशैलीबारे गम्भीर समीक्षा जरुरी रहेको पनि उल्लेख गरे ।

प्रतिनिधि सभा सदस्य एवं महामन्त्री लिङ्देनले एउटा निर्वाचन हारे पनि पार्टी नढलेको भन्दै अध्यक्ष थापाकै नेतृत्वमा पार्टी एक जुट भएर अगाडि बढ्ने उल्लेख गरेका छन् । राप्रपाले प्रतिनिधिसभा सदस्य पाएपनि समानुपातिकमा राष्ट्रिय पार्टीको मान्यता भने पाएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ