arrow

बहुमतको लाइनमा वीजेपी, रोक्ने प्रयासमा कांग्रेस

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
elections.JPG

एजेन्सी । भारतमा विधान सभा निर्वाचनको मतगणना भइरहेको छ । भारतको हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको हो ।

हिमाञ्चल र गुजरात प्रदेशको मतगणना स्थलबाट प्राप्त पछिल्लो परिणामअनुसार ती दुवै राज्यमा भारतीय जनता पार्टी (विजेपी) ले झिनो स्थानमा अग्रता लिइरहेको छ ।  विजेपीलाई भारतीय राष्ट्रिय कंग्रेसले पछ्याइरहेको देखिएको प्राप्त पछिल्ला समाचार विवरणहरुमा जनाइएको छ ।

तर गुजरातको  निर्वाचनमा कंग्रेसले विजेपी रोक्न सक्ने सम्भावना देखिएको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातमा कंग्रेसले दिएको टक्करलाई निकै महत्वाका साथ हेरिएको छ । यसअघिको संसदीय निर्वाचनमा देशभरिबाट बढारिएको कंग्रेसले मोदीको प्रदेशमा दिएको यो टक्करलाई महत्वाका साथ हेरिएको छ ।

मत गणनाको पछिल्लो परिणामअनुसार गुजरातको १८२ स्थानमध्ये विजेपी ९८  स्थानमा अग्रता लिएको छ । भने कंग्रेसले पनि ८० स्थानमा अग्रता कायम गरेको छ ।विजेपीको यहाँ ९२ स्थान मात्र  जीते पनि बहुमत पुग्नेछ ।   १८  स्थानमा पछि परेको कंग्रेसले गुजरातमा दिएको यो टक्कर कंग्रेसका लागि ठूलो उपलब्धि भएको विश्लेषकहरुको भनाई छ ।


 तर  हिमाञ्चल प्रदेशमा भने कंग्रेसको साख घट्ने देखिएको छ । त्यहाँ विजेपीको ४५ र कंग्रेसको १९ स्थानमा अग्रता देखिएको छ ।  हिमाञ्चलमा ६८ स्थानका लागि निर्वाचन भएको हो ।हिमाञ्चलमा  विजेपीले ३५ स्थान मात्र जिते बहुमत पुग्नेछ ।    

त्यसैले पनि अहिलेकै परिणामहरुले पछिसम्म स्थान पाउने हो भने यस परिणामलाई अनपेक्षित भनिएको छ । यसअघिको परिणामभन्दा कंग्रेसले धेरै स्थानमा विजय हासिल गर्ने देखिएको बताइएको छ ।
 
हालैमात्र भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा राहुल गान्धी निर्वाचित भएका छन् । उनले पार्टीको नेतृत्व सम्हालेपछिको यो पहिलो निर्वाचन हो । त्यसैले कतिपय विश्लेषकहरुले भारतमा कंग्रेसको पुनरागमनको सङ्केत हो पनि भनेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ