arrow

सुरक्षा परिषदमा जेरुसेलमका बारेमा छलफल हुने

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
un-security-council.jpg

जकार्ता। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा जेरुसेलमलाई राजधानी मान्ने भनी अमेरिकाले गरेको निर्णयको बारेमा छलफल हुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको निर्णयका विरुद्धमा विश्वका इस्लाम समुदायका नागरिकले विरोध प्रदर्शन गरिरहेका बेला यस विषयमा राष्ट्रसंघमा कुराकानी हुने भएको समाचारमा जनाइएको छ।

मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि निकोली माल्देनोभोले सो विषयमा ब्रिफिङ गरेको बताइएको छ। गएको डिसेम्बर ६ मा अमेरिकी ट्रम्प प्रशासनले उक्त निर्णय गरेको थियो। तर इजरायललाई मान्यता दिने भनी गरिएको यस निर्णयको भने विश्वका इस्लाम नागरिकले विरोध गरेका छन्।

उक्त निर्णयका विरुद्धमा अमेरिकाका विरुद्धमा विश्वका विभिन्न देशमा प्रदर्शन जारी रहेको बताइएको छ। यसैक्रममा आइतबार मात्र इन्डोनेसियाको राजधानी जकार्तामा गरिएको अमेरिका विरुद्धको प्रदर्शनमा दशौँ हजार मुस्लिम नागरिकको सहभागिता रहेको समाचारमा जनाइएको छ।

प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास समूहद्वारा उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न आह्वान पनि भएको थियो। यो विरोधको क्रम अझै रोकिएको छैन। जकार्ताबाट प्राप्त एक समाचारमा यहाँको प्रदर्शनमा कम्तीमा पनि ८० हजार नागरिकको सहभागिता रहेको छ। उनीहरुलाई यहाँबाट हटाउन सक्ने अवस्था नरहेको जकार्ता प्रहरीको भनाई छ।

राष्ट्रपति ट्रम्पको उक्त निर्णयको विरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउन उनीहरुले आह्वान गरेका थिए। उता इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले भने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गर्दै उनले जेरुसलेमको इतिहासको सम्मान गरेको बताएका छन्।

अरब र मुसलमान बहुल देशका विभिन्न सहरहरुमा गत हप्तादेखि नै प्रदर्शनहरु भएका छन्। लेबनानका अतिरिक्त इजिप्टको काइरो, मोरक्कोको रबातमा पनि आइतबार विरोध प्रदर्शन भएका समाचारहरु प्राप्त भएका थिए। रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ