arrow

बेलौरीका सुरजले ल्याए "रैहिछौ तिमी घाती” बजारमा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ पुष ४ मंगलबार
model.png

बेलौरी । मोडल सुरज रावलको रहिछौ तिमी घाती लोकदोहरी एल्बम बजारका आएको छ । विभिन्न लोक गीतहरुमा अभिनय गरीसकेका मोडलको सबैभन्दा पछिल्लो लोग गीत रहिछौ तिमी घाती बजारमा चर्चा लिदै छ ।

“रहिछौ तिमी घाती “गायक पोषण डागि र गायिका योजना अधिकारीको स्वरमा रहेको प्रेममा आधारीत लोक दोहोरी एल्बममा  शब्द र प्रस्तुती कुमारी तामाङ ,लय दिपक नेपालीको रहेको छ भने ,अभिनयमा  सुरज रावल  र रेखा श्रेष्ठ रहेका छन । करीब २ बर्षदेखी मोडलिङ तिर लागेका रावल मोडलिङमा अब्बल हुदै गएका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालीका ४ ,शान्तिपुर निवासी रावल सानैदेखी आफु मोडलिङ क्षेत्र मन पर्ने बताउछन् । कञ्चनपुरको दक्षिणी क्षेत्रबाट मोडलिङ क्षेत्रमा चर्चा कमाउने पहिलो व्यक्ती हुन सुरज रावल । बेलौरीको शान्ति माध्यमिक विद्यालयमा अध्ययन गरेका रावल हाल नेपाल प्रहरीको सेवामा कार्यरत रहेका छन । आफु नेपाल प्रहरीमा कार्यरत हुदाँ आफुले देश र जनता सुरक्षा गर्न पाउदाँ खुसी लाग्ने बताउछन् ।  

 विछोडको पिडा लोकदोहरी एल्बमबाट मोडलिङ सुरु गरेका रावलले करीब १ दर्जनभन्दा बढि लोकदोहरी गीतहरुमा मोडलिङ गरीसकेका छन् । उनले अहिलेसम्म आफ्ना गीतहरु हेरेर साथ दिने सबैमा धन्यवाद ज्ञापन गर्दै एकपटक रहिछौ तिमी घाती लोकदोहरी एल्बम लाई पनि हेरेर साथ सहयोग दिन समेत दर्शकहरुमाझ आग्रह गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ